अमेरिकाका लागि चरमपन्थी भन्दा रुस र चीनबाट खतरा
2018-01-20
भाइरल पत्ता लगाउन नमूना संकलन
2018-01-20

अमेरिकाको नयाँ निष्कर्ष– चरमपन्थीभन्दा रुस र चीन खतरा


एजेन्सी, ६ माघ । अमेरिकाले आफ्नो रक्षा रणनीति परिवर्तन गर्ने संकेत गरेको छ । लामो समयदेखि आतंकवादविरुद्ध लड्दै आएको दावी गर्ने अमेरिकाले आफ्नो रणनीतिक दुश्मन फेरिएको निष्कर्ष निकालेसँगै यस्तो संकेत गरेको हो ।

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकी सेनाले अब आफ्नो ध्यान चरमपन्थीविरुद्ध लड्नुको सट्टा रुस र चीन जस्ता प्रतिस्पर्धी मुलुकसँग लड्ने क्षमता विकास गर्ने बताएका छन् ।
रक्षामन्त्री म्याटिसले अमेरिकी सुरक्षाका लागि रुस र चीन बढ्ता खतरा रहेको दाबी गरे । रुसप्रति संकेत गर्दै उनले कुनै पनि मुलुकले अमेरिकाको लोकतान्त्रिक प्रक्रियाका बारेमा चिन्ता लिनु नपर्ने बताए ।
सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको आरोप लागेपछि दुई मुलुकबीच आरोप प्रत्यारोप चलिरहेको छ । रक्षामन्त्री म्याटिसले अमेरिकी सेनालाई पर्याप्त बजेट विनियोजन गर्न संसद्लाई अपिलसमेत गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष रक्षा बजेटमा १० प्रतिशत वृद्धि गर्ने चाहना राखेका छन् । उनले त्यसका लागि अरु मुलुकलाई दिइने गरेको रकम कटौती गर्नसमेत तयार रहेको स्पष्ट पारेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.