‘प्रचण्ड’ पत्नी सीता दाहाल उपचारका लागि दिल्ली प्रस्थान
2018-01-14
Cold wave claims six more lives in Nepal; toll reaches 50
2018-01-14

अर्की अश्लील भिडियोकर्मीद्वारा ट्रम्पसँग शारिरिक सम्बन्ध भएको खुलासा

एजेन्सी, ३० पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सर्वत्र चर्चा र विवादास्पद अवस्थामा रहिरहने व्याक्ति हुन् । उनीमाथि आलोचनात्क तरिकाले लेखिएको एउटा विवादास्पद पुस्तकको चर्चा सेलाउन नपाई उनको नयाँ काण्ड पुन सतहमा आएको छ ।

शनिवार राष्ट्रपति ट्रम्पले एकजना अश्लील चलचित्र सेलिब्रेटीलाई गोप्यता भंग नगर्नका लागि पैसा दिएको कथित आरोप लागेको छ । यस्तो आरोप उनीमाथि दोस्रोपटक लागेको हो ।

एकजना अश्लील चलचित्रकी अभिनेत्रीले डेल्ली बिस्ट नामक पत्रिकासँग आफुलाई ट्रम्पका लागि निमन्त्रणा पठाइएको बताएकी छिन् । स्टर्मी डेनियल्को नामबाट काम गर्ने स्टेपहेनी क्लिफर्डको साथमा भएको समयमा आफुलाई त्यस्तो प्रस्ताव आएको उनले बताइन् ।

यस अघि पनि डेल्ली बिस्टले नै ति क्लिफर्ड नामकी महिलालाई उद्धरित गरेको थियो, जसले २०१६ को अमेरिकी राष्ट्रपति चुनाव अघि ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तर हाल ति महिलाले भने गैर प्रकटीकरणको सम्झौता गरिसकेकी छन् ।

गएको शुक्रवार त्यहाँको वाल स्ट्रिट जर्नलले २०१६ को चुनावको पूर्वसन्ध्यामा ट्रम्पका वकिल मिकेल कोहेनले क्लिफर्डलाई १३ लाख अमेरिकी डलर दिएको लेखको थियो । उक्त पैसा क्लिफर्डलाई ट्रम्पसँग २००६ मा भएको कथित शारिरिक सम्बन्धबारे मुख नखोल्न भनेर दिइएको थियो ।

तर ट्रम्पका वकिल कोहेनले भने वाल स्ट्रिट जर्नलको रिपोर्टलाई अस्विकार गर्दै स्टोर्मी डेनियल्सको हस्ताक्षरसहितको ‘मैले ट्रम्पबाट त्यस प्रकारको पैसा लिएको भन्ने खबर अफवहा मात्र रहेको’ भन्ने वक्तव्यसहितको समाचार सामाग्रीहरु धेरैपटक प्रकाशित गरिसकेका छन् ।

ति महिलाले त्यस्ता समाचार सामाग्रीहरुमा भनेकी छन्, ‘यदि वास्तवमै ट्रम्पसँग मेरो कुनै प्रकारको सम्बन्ध भए विश्वास गर्नुहोस् तपाईहरु यसबारे अखबारमा हैन मेरो आफ्नै पुस्तकमा पढ्दै हुनुहुन्थ्यो ।’

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.