192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
एनएसजेएफ स्पोर्टस अवार्ड : पारस खड्का उत्कृष्ट पुरुष खेलाडी
2018-05-17
नयाँ पार्टीमा न एमाले रहन्छ न माओवादी : प्रचण्ड
2018-05-17

अहिलेसम्मकै ठूलो पार्टी बन्यो नेकपा ‘अण्डरलाइन’

काठमाडौं, जेठ ३ – एमाले र माओवादी केन्द्रको एकतासँगै अहिले सम्मकै ठूलो पार्टीको स्थापना भएको छ । 

दुई पार्टीको एकीकरणसँगै नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको स्थापना भएको हो । २००६ सालमा पहिलो पटक कम्युनिष्ट पार्टी स्थापना भएको थियो । बेलाबेलामा फुट्दै र जुट्दै ६९ वर्ष गुजारेको कम्युनिष्ट पार्टी एमाले र माओवादी एकता भएसँगै नयाँ  ठूलो पार्टी बनेको हो । नेपाल कम्युनिष्ट पार्टी वामपन्थी शक्तिमध्ये मात्र होइन संघीय संसद, प्रदेशसभा र स्थानीय सरकारमा प्रतिनिधित्वका हिसाबले पनि नेपालको इतिहासकै सबैभन्दा शक्तिशाली पार्टी भएको छ ।

गएको असोजमा तेस्रो चरणको स्थानीय तहको चुनाव सम्पन्न भएपछि दुई पार्टीबीच एकीकरणको प्रक्रिया सुरु भएको थियो । २०७४ असोज १७ गते ६ बुँदे सहमति गरेर एमाले र माओवादी केन्द्रले चुनावी तालमेलको घोषणा गरेका हुन् । उनीहरुले फागुन ७ गते दुई दलले एकता गर्ने सहमति गरेका थिए । असोज १७ गते राष्ट्रिय सभागृहमा कार्यक्रम गरी पार्टी एकता तथा वाम चुनावी तालमेल गर्ने निर्णय गरेका दुवै दलले विधिबत् रुपमा आज एकता गरेका हुन् । नेताहरूले नसोचेको दिनमा पार्टी एकता हुने बताउँदै आएका थिए । नेताहरुले भनेजस्तै गरी पछिल्ला दुई दिनमा भएका घटनाक्रमसँगै एकता प्रक्रिया टुंगिएको छ ।

राष्ट्रिय सभागृहमै आज भएको पार्टी एकता घोषणा कार्यक्रममा नेकपाका नेता जनार्दन शर्माले असोज १७ गतेबाट सुरु भएको एकता प्रक्रिया जेठ ३ मा आएर पूरा भएको बताउनुभयो । उहाँले जनआकांक्षा अनुसार दुई पार्टीको एकता भएको बताउनुभयो । नेता शर्माले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तै सुशासन र भ्रष्टाचार नियन्त्रणमा सबै नेता कार्यकर्ता कटिबद्ध भएर लाग्नुपर्ने बेला भएको पनि बताउनुभयो ।

त्यस्तै नेता माधवकुमार नेपालले जनआकांक्षा अनुरुप नै विधिवत एकीकरण गरी पार्टी पुनर्गठन गरेको बताउनुभयो । नयाँ पार्टीमा ओली र दाहाल सहअध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल पार्टीका बरिष्ठ नेता हुनुहुनेछ । त्यस्तै एमालेका २६ र माओवादीका १९ जना गरी ४५ सदस्यीय स्थायी समिति बनेको छ । नयाँ पार्टीमा ४ सय ४१ जना केन्द्रीय सदस्य छन् । 

एमालेका तर्फबाट २ सय ४१ र माओवादी केन्द्रका २ सय जना मिलाएर नयाँ केन्द्रीय समिति बनेको हो । शीर्ष ९ नेता सम्मिलित सचिवालय बनाइएको छ । वरियताअनुसार प्रधानमन्त्री केपी शर्मा ओली शीर्ष स्थानमा हुनुहुन्छ । दोस्रोमा पुष्पकमल दाहाल प्रचण्ड रहनुभएको छ । त्यसैगरी तेस्रोमा माधवकुमार नेपाल, चौथोमा झलनाथ खनाल, पाँचौमा वामदेव गौतम, छैठौंमा नारायणकाजी श्रेष्ठ, सातौंमा ईश्वर पोखरेल, आठौंमा रामबहादुर थापा र नवौं स्थानमा बिष्णु पौडेल हुनुहुन्छ । 
विष्णु पौडेललाई पार्टीको महासचिव र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने सहमति भएको छ । तीन महिनाभित्र जनवर्गीय संगठनको एकीकरण  पनि टुंगो लगाउने सहमति भएको छ । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful