192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
वाह वाट्सन : १० बलमा ०, ४७ मा ११७ रन !
2018-05-28
Maryland flooding: Water rages through Ellicott City streets
2018-05-28

आफ्नै घरमा बस्ने बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद

तेह्रथुम, जेठ १४ – पन्ध्र वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सुर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, स्थायी ठेगाना भई लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सुर्यबहादुर तोलाङ्गी सार्कीलाई जबरजस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र ९० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो ।

उनलाई आफ्नै घरमा बस्ने नातेदार १५ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा गएको वर्ष जेठमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले मुद्धा दर्ता गरेको थियो ।

अदालतले उनलाई जबरजस्ती करणी अपराधमा ६ वर्ष कैद र हाडनाता करणीमा थप १ वर्ष कैद गरी जम्मा ७ वर्ष कैद र ९० हजार रुपैयाँ क्षतिपूर्ति तोकेको अदालतका सूचना अधिकारी गोपाल खनालले बताउनुभयो ।

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful