192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
दक्ष चिकित्सक अभावमा शल्याक्रिया शेवा बन्द
2018-01-14
जिप दुर्घटनामा गाउँपालिका अध्यक्षसहित छ जनाको मृत्यु
2018-01-14

इटहरी प्रिमियर लिग क्रिकेट : सेमिफाइनल समिकरण पूरा

सुनसरी पुस ३० गते– इटहरीमा जारी दोस्रो अण्डर १९ इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

सेमिफाइनलमा सोमबार आयोजक इटहरी क्रिकेट एकेडेमी र विराटनगर तथा धनगढी र नेपालगञ्ज भिड्ने भएका छन । आइतबार सम्पन्न पहिलो खेलमा भैरहवासँग ३ रनले पराजित भए पनि रन रेटको आधारमा इटहरी सेमिफाइनमा प्रवेश गरेको हो ।

समूह क मा रहेको इटहरी समूह विजेता र नेपालगञ्ज उपविजेता बन्दै बन्दै सेमिफाइनल प्रवेश गरेको हो । भैरहवा भने यस समूहबाट बाहिरिएको छ । यस्तै समूह ख बाट धनगढी विजेता र विराटनगर उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । यस समूहबाट काठमाडाैं बाहिरिएको छ ।

आइतबार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित १७ ओभरको खेलमा १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै ७१ रन बनाएको थियो । जसमा विक्रम बस्नेतले २१ रन बनाउँदा विशाल खत्रीले १० रन बनाए ।

बलिङतर्फ इटहरीका मनिष दाहालले ४ विकेट लिँदा उज्वल श्रेष्ठ र भुपाल लुइटेलले २–२ विकेट लिए । ७२ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको इटहरी पूरै १७ ओभर खेल्दै ७ विकेटको क्षतीमा ६८ रनमा समेटिएको थियो । इटहरीका लागि आफिस शेखले १८ रन बनाउदा बिवेक मेहेताले १५ र पवन सर्राफले ११ रन बनाए ।

बलिङतर्फ भैरहवाका म्यान अफ द म्याच साहब आलमले ४ विकेट लिए । आइतबार नै सम्पन्न दोस्रो खेलमा धनगढीले काठमाडाैंलाइ ३ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउादै १ सय ३ रनको योगफल खडा गरेको थियो । १ सय ४ रनको विजयी लक्ष्य धनगढीले १५ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै भेट्टाएको थियो । सेमिफाइनल खेलहरुसोमबार सम्पन्न गरेर फाइनल मंगलबार गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार, सर्वोत्कृष्ट खेलाडीले ५ हजार नगद प्राप्त गर्नेछन । यस्तै खेलमा बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले क्रमशः ५–५ हजार नगद प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याच घोषित हुनेले १५ सय रुपैयाँ नगद प्राप्त गर्नेछन । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful