यसरी उद्धार भयो जोन तामाङको
2018-01-31
चिनियाँ राजदूत नेपालका तराई जिल्लाहरुमा राहत वितरण गर्न जनकपुर पुगिन्
2018-01-31

ओजिल आर्सनलको इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाडी

काठमाडौं माघ १७ – आर्सनलका जर्मन मिडफिल्डर मेसुट ओजिलले सम्झौता नवीकरण गरेका छन् । उनी अबको साढे ३ वर्ष अर्थात सन् २०२१ सम्म आर्सनलमै रहनेछन् ।

२९ वर्षीय ओजिल आर्सनलको इतिहासमै सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । उनले करबाहेक सातामा ३ लाख ५० हजार पाउण्ड कमाउँछन् ।

आर्सनलले ओजिलसँग बुधबार नयाँ सम्झौता गरेको हो । उनको अघिल्लो सम्झौता यसै सिजनको अन्तिमसम्ममा सकिने थियो ।

ओजिल सन् २०१३ मा रियल मड्रिडबाट तत्कालीन क्लव कीर्तिमान ४२.४ मिलियन पाउण्डमा आर्सनल पुगेका हुन् । नयाँ सम्झौतापछि उनी ३२ वर्षको उमेरसम्म प्रिमियर लिगमै रहने निश्चित छ ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.