192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
Explainer: How did UML and Maoist Centre arrive at 'historic' merger?
2018-05-17
Late Communist leaders Bhandari, Ashrit remembered
2018-05-17

ओली र प्रचण्डले रोपे ‘जिउँदो डाइनोसर !’

काठमाडौं, जेठ ३ – एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठकअघि एमाले र माओवादीका शीर्ष नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा बिरुवा रोपे । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरुले नेपाली सहित जापानी प्रजातिका बिरुवा रोपेका हुन् ।

तर जापानी प्रजातिका बिरुवा नेताहरुले त चिनेनन् नै विरुवा ल्याउने नर्सरीका मानिसले पनि ठ्याक्कै भन्न सकेनन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो बिरुवाको नाम के हो ? भनेर सोध्नुभयो । तर सहयाेगीले पनि जवाफ दिन सकेनन् ।

एमाले नेता राजन भट्टराईले उज्यालो अनलाइनसँग बिरुवालाई चिनाउँदै भन्नुभयो, ‘यसको नाम जिङ्को बाइलोवा हो । यसको पातले वर्षमा तीनपटक रंग फेर्छ । स्वास्थ्यको लागि निकै फाइदाजनक पनि छ र हत्तपत्त मर्दैन ।’
 
यो बिरुवा दोश्रो विश्वयुद्धताका जापानको हिरोसिमा र नागासाकीमा अणु बम खस्दासमेत नमरेकाले शक्तिशाली बिरुवा मानिन्छ । वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार यो जातको बिरुवा संसारभर प्रसिद्ध छ । ‘यो जत्तिकै पुरानो अरु प्रजातिका बिरुवा नाश भैसके, तर यो बिभिन्न प्रतिकूल अवस्था झेलेर पनि बाँचिरहेको छ । यसलाई लिभिङ डाइनोसर अर्थात जिउँदो डाइनोसर भन्दा हुन्छ ।’

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful