देश निर्माणका लागि आफ्ना सहयोद्धाले देखेको सपना पूरा गरेरै छाड्नेः प्रचण्ड
2018-01-31
सदरमुकाम सारेकोमा रुकुमकोटमा बिरोध जारी, नाराबाजी गर्दै थाल बजाएर प्रदर्शन
2018-01-31

कतारमा रहेका ओखलढुंगे युवाको पहलमा गाउँमा एम्बुलेन्स

  • रामहरि श्रेष्ठ,

ओखलढुंगा । वैदेशिक रोजगारीको क्रममा कतार पुग्ने युवाको कमाई औषतमा कम नै हुन्छ । तर, रोजगारीको शिलशिलामा कतार पुगेका ओखलढुंगे युवाको मन चाहिँ साच्चिकै ठूलै रैछ । ओखलढुंगे युवाले आफ्नो जिल्लालाई एम्बुलेन्स प्रदान गरेका छन् ।

रोजगारीको शिलशिलामा ओखलढुंगाबाट कतार पुगेका युवाहरुको संस्था ओखलढुंगा सेवा समाज कतारले ओखलढुंगा सेवा समाज नेपाललाई एक एम्बुलेन्स हस्तान्तरणरण गरेको छ ।

जिल्लाका एक नगरपालिका र सात गाउँपालिकामा एम्बुलेन्स सेवा पु¥याउने अभियानमा रहेको ओखलढुंगा सेवा समाज कतारले पहिलो चरणमा एक एम्बुलेन्स प्रदान गरेको हो ।

कतारमा रहेका ओखलढुंगाका युवाबाट संकलन गरिएको ९ लाख ६७ हजारमा समाजले एम्बुलेन्स किनेर हस्तान्तरण गरेको हो । विदेशिएका युवाले आफ्नो जन्मभूमि सम्झेको भन्दै प्रतिनिधिसभाका सदस्य यज्ञराज सुनुवारले धन्यवाद दिए ।

गाँउको आवस्यकतालाई बुझि प्रवासी नेपालीहरुले एम्बुलेन्स सहयोग गरेको भन्दै ओखलढुंग सेवा समाज नेपालका अध्यक्ष नवराज श्रेष्ठले पनि युवाहरुलाई धन्यवाद दिए ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.