जेसिज अध्यक्षमा सोमप्रसाद ढुंगेल सर्वसम्मत निर्वाचित
2018-01-14
प्रिमियर लिग फुटबलमा टोटनह्याम विजयी
2018-01-14

करेन्ट लागेर एकको मृत्यु

मंगलबारे, इलाम, ३० पुस । इलाममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो ।

आफ्नै घर बनाउने क्रममा बांगिएको रड सिधा पार्ने क्रममा मेन लाइनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको इलाम प्रहरीको भनाइ छ ।

करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.