192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
​बिहीबार बढेको रियाल, रिंगिट र दिर्हामको मूल्य आज घट्यो
2018-05-25
Holy stink! Piles of pooh litter Mt Everest
2018-05-25

कर्णाली प्रदेशको दोस्रो अधिवेशन आजदेखि

सुर्खेत, जेठ ११ – कर्णाली प्रदेशको प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । आजको प्रदेश सभाको बैठकमा दोस्रो अधिवेशन सुरु भएको भनी प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट प्राप्त पत्र सभामुख राजबहादुर शाहीले पढेर सुनाई अधिवेशनको सुरुवात गर्ने कार्यसूची रहेको छ ।

यस अघि पहिलो अधिवेशनकै क्रममा बैठकमा पेश भई छलफल भएको कर्णाली प्रदेश आकस्मिक कोष विधेयक–२०७५ आजको बैठकमा निर्णयार्थ प्रस्तुत  हुने  संसद सचिवाललयले जानकारी दिएको छ ।

यस्तै, आज चार वटा विधेयक बैठकमा पेश हुँदैछन् । प्रदेश सभा सचिवालयका सचिव राजेश पौडेलले सामाजिक संघसंस्था नियमन सम्बन्धी विधेयक, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासम्बन्धी बनेको विधेयक–२०७५, सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धी विधेयक र कर्णाली प्रदेशको गाउँसभा र नगरसभाका कानुन निर्माण प्रक्रियासम्बन्धी बनेको विधेयक पेश हुने जानकारी दिनुभयो । 

प्रदेश सभाको बैठक दिउसो १ बजे बस्दैछ । यसअघि प्रदेश सभाको २२ वटा बैठक बसी पहिलो अधिवेशन सकिएको थियो  ।  

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful