192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
​२० विद्यालयले पाए कम्प्युटर ल्याब निर्माणका लागि अनुदान रकम
2018-04-20
राजपा फुट्यो, राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन
2018-04-20

काँग्रेस बैठक वैशाख ९ गते

काठमाडौं । नेपाली काँग्रेसको आजका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अर्काे बैठक वैशाख ९ गते बिहान ११ बजेका लागि तोकिएको उहाँले बताउनुभयो । गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समिति बैठक चैत १६ गते पार्टीेका नेता खुमबहादुर खड्काको निधनमा स्थगित गरिएपछि सो बैठक आज बिहान ११ बजेका लागि निर्धारण गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवरोधले काठमाडौँ उपत्यका बाहिर रहनुभएका नेताहरु आज राजधानी आउन नसकेपछि आजको बैठक स्थगित गर्नुपरेको पार्टी कार्यालयले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा गएराति मालिन्दो एयरको विमान उडानका क्रममा चिप्लिएर धावनमार्गबाट बाहिर गएपछि विमानस्थल केही समयका लागि बन्द भएको थियो ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केन्द्रीय सदस्यहरु पार्टीका विभिन्न कार्यक्रमका लागि उपत्यका बाहिर हुनुहुन्छ । यसअघिको बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको सम्बन्धमा पक्ष विपक्षमा तर्क राख्नुभएको थियो ।

गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसले नराम्र्रो हार व्यहोरेको थियो ।

The post काँग्रेस बैठक वैशाख ९ गते appeared first on News Portal of Global Nepali.

Source: Bretain Nepal
काँग्रेस बैठक वैशाख ९ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful