हामी बदलिन्छौँ, देश बदल्छौँ : प्रवक्ता शर्मा
2018-01-14
सुरुकै दिन ९ अंकले घट्यो नेप्से
2018-01-14

कांग्रेसमा नेतृत्वको कार्यशैली परिवर्तन हुन आवश्यक :प्रवक्ता शर्मा

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म नेतृत्वको कार्यशैली बदल्न आवश्यक रहेको बताउनु भएको छ । कार्यशैलीमा परिवर्तन गर्न नसक्ने नेता स्वतः नेतृत्व हस्तान्तरणको प्रक्रिया पुग्ने उहाँको दावी रहेको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले नेपाली कांग्रेसमा केन्द्रदेखि स्थानीय तहसम्म नेतृत्वको कार्यशैली बदल्न आवश्यक रहेको बताउनु भएको हो । नेतृत्वको कार्यशैलीकै कारण पार्टी कमजोर बन्दै गएको भन्दै शर्माले कार्यशैली परिवर्तन आवश्यक रहेको धारणा राख्नु भएको हो ।

पछिल्लो समय कांग्रेसमा महासतिको बैठक बोलाउन माग भइरहेको बेला प्रवक्ता शर्माले केन्द्रिय कार्यसमितिको बैठक बस्ने महासमिति बैठक पनि टुङ्गो लाग्ने जानकारी दिनु् भयो । बिगतदेखि आफुले पनि केन्द्रीय कार्यसमितिको बैठकको बोलाउन माग गरिरहेको भन्दै प्रवक्ता शर्माले अब चाँडै बैठक बस्ने र त्यही बैठकले महासमिति बैठकको मिति टुङ्गो लगाउने जानकारी दिनु भएको हो ।

अब बस्ने बैठकले तीनै चरणको निर्वाचनमा पार्टीले ब्यहोरेको हारबारे समेत समिक्षा गर्ने प्रवक्ता शर्माका भनाइ रहेको छ । कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो मानिएको तीन चरणको निर्वाचन सम्पन्न भएको विषय पनि नेता कार्यकर्ताले मनन गर्नुपर्ने उहाँको भनाइ छ ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.