सुनको भाउ बढेर ५७ हजार पुग्यो
2018-01-14
India beat Nepal in Blind Cricket World Cup 2018; reach semi-finals
2018-01-14

“कांग्रेस समाप्त भइसक्यो, अधिवेशनबाट देउवालाई हटाउनुपर्छ”-कांग्रेस नेता चन्द्र भण्डारी

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले कांग्रेस पार्टी खस्किन्दु जानुमा सभापति शेरबहादुर देउवाको कमजोरीका भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा बोल्दै  नेता भण्डारीले सभापति देउवाले पार्टीलाई सफल नेतृत्व गर्न नसकेको र अब नयाँ पुस्तामा जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताएका छन  ।

प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीले भोगेको पराजयको जिम्मेवारी लिँदै देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले समेत नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गर्नुृपर्ने माग भण्डारीले राखेका छन् । अहिलेको बुढा पुस्ता असफल भएको उनको तर्क थियो ।

अब तत्काल केन्द्रिय समितिको बैठक बसेर छलफल गर्नुपर्ने र त्यसपछि महासमिति सदस्यहरुको बैठक बसेर विशेष अधिवेशन गर्नुपर्ने माग समेत भण्डारीले अघि सारेका छन् । विशेष अधिवेशनबाट देउवालाई सभापतिबाटट हटाउनुपर्ने उनको जिकिर छ ।

“कांग्रेस समाप्त भइसक्यो । अब पनि यही पुस्ताले नेतृत्व गरिरहने हो भने माथि उठ्न सकिदैन ।” भण्डारीले भने । आफूले गरेको नेतृत्व असफल भइसकेपछि अरुलाई छोड्नुपर्छ भन्ने कुरा देउवाले बुझ्नुपर्ने भण्डारीको तर्क छ । अटेर गरेर पद अोगट्न नहुने भण्डारीले बताए ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.