Huge fire at Germany's largest theme park
2018-05-27
India, Nepal to work towards building 'Ramayan' circuit: PM Modi
2018-05-27

कालिकोटमा विद्युत सेवा अवरुद्ध, दैनिक काम ठप्प

मनिराज पाण्डे/उज्यालो ।

कालिकोट, जेठ १३ – पाँचदेखि विद्युत सेवा बन्द हुँदा कालिकोटमा दैनिक कामकाज प्रभावित भएका छन् ।

विद्युत आपूर्ति नहुँदा सञ्चारमाध्यम पनि बन्द भएका छन् । कालिकोटको एक मात्र विद्युत सेवा सान्तीघाट पोत्मारा विद्युत हाउसको टर्वाइनमा समस्या आएका कारण कालिकोट जिल्ला पूरै अध्यारो भएको हो ।

विद्युत सेवा अवरुद्ध हुँदा सरकारी प्रशासनिक कममा पनि समस्या आएको छ । विद्युत सेवा नहुँदा बैंकमा पनि समस्या आएको छ । बैंकको कारोबारमा समस्या हुँदा जेनेरेटर सञ्चालन गर्नु परेको छ ।  विद्युत सेवा बन्दले इन्टरनेट नचलेका कारणले दैनिक भुक्तानीम समेत समस्या आएको छ ।

विद्युत अवरोध भएपछि तीन दिन पछि कालिकोट विद्युत वितरण केन्द्रका प्रमुख शम्भुप्रसाद मण्डल पावरहाउसमा पुग्नुभएको छ । मण्डलले टर्वाइनमा समस्या आएका कारणले कुन दिन बक्ति आउछ भनेर भन्न नसकिने बताउनुभयो ।  

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *