The First Wheelchair Cricket Tournament Just Got Underway In Nepal And It's A Great Opportunity For These Players
2017-12-16
South Africa: My message to the ANC
2017-12-16

किपरलाई रेड कार्ड, टिमले खायो चार गोल

पुस १ – फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा दोस्रो स्थानको मोनाकोले प्रभावशाली जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा मोनाकोले सेन्ट–इटिनलाई ४–० ले हराएर शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँगको अंक दूरी ६ मा झारेको छ । तेस्रो मिनेटमा जिब्रिल सिदिब तथा ३२ औं मिनेटमा थोमस लेमारले गोल गरेपछि पहिलो हाफमा मोनाकोले २–० को अग्रता लियो ।

५३ औं मिनेटमा फाबिन्होले गोल गर्दै मोनाकालाई ३–० को अग्रता दिलाए । त्यस लगतै गोलरक्षक स्टेफन रफियर लाइन्सम्यानसँगको झगडाका कारण रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेन्ट–इटिन १० खेलाडीमा सीमित भयो । गोलरक्षक बाहिरिएर समस्यामा परेको सेन्ट–इटिनले ६० औं मिनेटमा अर्को गोल खायो ।

मोनाकोका बाल्दे डिएगोले गोल गरे । जितपछि दोस्रो स्थानको मोनाकोको १८ खेलबाट ३८ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको पिएसजीको ४४ अंक छ ।  

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.