192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
Sante Fe school shooting: Suspect 'was rejected' by victim Shana Fisher
2018-05-21
China launch will prep for Moon landing
2018-05-21

केपीएलमा रुपन्देही र मध्यपश्चिमको जित

सुर्खेत, जेठ ७ – प्रथम कर्णाली प्रिमियर लिग प्रतियोगिताको पाँचौ दिन सम्पन्न २ वटा खेलमा रुपन्देही र मध्यपश्चिम क्रिकेट क्लबले जित दर्ता गरेका छन् ।

पाँचौ दिनको खेल सम्पन्न भएपछि समूह ‘ए’ मा रुपन्देही ३ जितको साथ ६ अंक बटुल्दै शीर्षस्थानमा रहेको छ भने समूह ‘बी’मा धनगढी क्रिकेट एकेडेमी ३ जितको साथ ६ अंक बटुल्दै शीर्षस्थानमा रहेको छ।

टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिम क्रिकेट क्लबले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १३८ रनको योगफल बनाएको थियो ।

उसको लागि ओपनिङ ब्याट्सम्यान राजवीर सिंहले अविजित ६८ रन बनाउन ४८ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । यस्तै शुबेन्दु पाण्डेले १६ तथा अमर सिंह रौटेलाले १५ रन योगदान दिए । एबीसीका बलर अरुण ऐरीले २ तथा सुनिल मिश्रा र दिनेश पुनले एक–एक विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा एबीसीले १५ ओभरमा ८ विकेट गुमाएर १२९ रन मात्रै बनाउन सक्यो । ओपनर आयुष्मान बमले सर्वाधिक ३२ रन, सागर भण्डारीले २३ तथा रोशन अधिकारीले १६ रन बनाए पनि जितको लागि पर्याप्त भएन ।

मध्य(पश्चिमका अविनाश बोहराले २ विकेट तथा भीम  धमला, अमर सिंह रौटेला, दिपेन्द्र रावत र अजय सहानीले समान एक–एक विकेट हात पारे । खेलको प्लेयर अफ द म्याच राजबिर सिंह घोषित भए। सोमबार नै सम्पन्न दोश्रो खेलमा रुपन्देही ११ ले टिकापुर क्रिकेट क्लबलाई ६१ रनले पराजित गर्यो । 

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रनको योगफल तयार गरेको थियो । रुपन्देहीको लागि सौरभ खनालले सर्वाधिक ३३ रन बनाएका थिए ।

उनले १५ बलमा ६ चौका र १ छक्का प्रहार गरे । यस्तै शक्ति गौचनले २६ रन, विक्रम भुसालले अविजित १८ रन तथा कृष्ण कार्र्कीे अविजित १६ रन बनाए । टिकापुर बलर अमर रावलले सर्वाधिक ३ विकेट हात पारे । 

१६६ रनको लक्ष्य पछ्याउने क्रममा टिकापुरले १७.६ ओभरमा १०४ रन मात्रै बनाउन सक्यो । उसको लागि राजन शेरचनले सर्वाधिक २१ रन बनाए ।

बलिङतर्फ विकाश श्रेष्ठ र शक्ति गौचनले तीन–तीन विकेट तथा कृष्ण कार्कीले २ विकेट हात पारे । खेलको म्यान अफ् द म्याच शक्ति गौचन घोषित भए।

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful