Labour Minister hints at crackdown on ‘recruitment syndicates’
2018-05-17
Nepal's two leading Communist parties merge
2018-05-17

केही बेरमा एमाले र माओवादी विघटन हुँदै

काठमाडौं, जेठ ३ – नेकपा एमाले र माओवादी केन्द्रबीच हुने पार्टी एकताको एकता संयोजन समितिले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । 

संयोजन समितिले एकताको औपचारिक निर्णय गर्ने हुनाले यसका लागि बिहान १० बजेपछि पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको थियो ।

अहिले एमाले केन्द्रीय समितिको बैठक बालुवाटारमा बसिरहेको छ । त्यस्तै माओवादी केन्द्रीय समितिको बैठक माओवादी सचिवालय खुमलटारमा बसिरहेको छ । यसरी बस्ने बैठकले अहिले रहेको दुवै पार्टी विघटन गर्ने निर्णय गर्नेछ ।

दुवै केन्द्रीय बैठक सकिएपछि संयुक्त बैठक भने बालुवाटारमा बस्ने र त्यसपछि विधिवत पार्टी दर्ता प्रकृयाका लागि एकीकृत पार्टीका नेताहरु निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ ।

त्यसपछि राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन आयोजना गरेर दुई पार्टी विधिवत रुपमा एकीकृत भई नयाँ पार्टी बनेको घोषणा गरिनेछ ।

नयाँ पार्टीमा ४४१ केन्द्रीय समिति तथा ४३ सदस्यीय स्थायी समिति रहनेछ । तर त्यसभन्दा माथि पनि ९ सदस्यीय सचिवालय समिति रहने नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने तय भइसकेको छ ।

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *