​बदाम खेतीप्रति किसानको चासो घट्यो
2018-01-14
रणवीर र आलियाको फिल्म ‘गली ब्वाय’ को छायांङ्कन सुरु
2018-01-14

खाद्य संकटबाट गुज्रिरहेको उत्तर कोरियाले यसरी बनाउँछ खाद्य परिकार

एजेन्सी, ३० पुस । आफ्नो अनियन्त्रित परमाणु कार्यक्रमको कारणले उत्तर कोरियाले विभिन्न किसिमको प्रतिबन्धहरु सामना गर्दै आएको छ । गएको वर्ष संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् साथै केहि देशले उत्तर कोरिया माथि उसको परमाणु कार्यक्रमको कारण आर्थिक प्रतिबन्ध लगाएको थियो ।

यस बाहेक अमेरिका, दक्षिण कोरिया र जापानले पनि उमाथि धेरै किसिमका प्रतिबन्धहरु लगाएको छ ।

यसकारणले उत्तर कोरियाका अगाडि आर्थिक संकट उत्पन्न भएको छ जसकारण उसलाई प्रर्याप्त खाद्यबस्तु उपलब्ध हुनुसकेको छैन । यस संकटबाट मुक्त हुन त्यहाँका मानिसहरुले केहि नयाँ किसिमका परिकारहरु बनाउन सुरु गरेका छन् ।

उत्तर कोरियामा पछिल्लो धेरै सालदेखि खाद्य सामाग्रीको अभाव एकदमै सामान्य कुरा भैसकेको छ । तर प्रतिबन्ध र संकटबिच मानिसहरुले आफ्नो भोक र स्वादसँग सम्झौता गर्न नपरोस् भनेर त्यहाँका मानिसहरुले सामान्य सामाग्रीबाट धेरै र अलग प्रकारको खाना बनाउने उपायको अभ्यास गर्दै आएका छन् ।

यी परिकारहरुमा एउटा सोक्काडुजियन हो । यसलाई आम भाषामा क्विक केक पनि भनिन्छ । यो केकलाई बनाउनका लागि पकाउन पर्दैन र समय पनि एकदमै कम लाग्छ ।

होंग युन हेई केहि समय पहिले उत्तर कोरियाबाट दक्षिण कोरिया भागेकी थिइन् । उनी आफुले भुट्टे भन्दा स्वादिष्ट केक बनाउन सक्ने बताइन् । हेई सोलामा एउटा रेष्टुरेन्ट चलाउँछिन् । उनी बताउँछिन् कि चामलभन्दा सस्तो हुने भएकोले गरिब उत्तर कोरियालीहरु सामान्यतय भुट्टो खाने गर्छन् । हेई आफ्नो रेष्टुरेन्टमा ति परिकारहरु बनाउँछिन् जुन मानिसहरु खाद्य संकटको समयमा उपभोग गर्छन् ।

ति मध्ये एउटा हो इन्जेक्टर । यो प्रोटिनयुक्त शाहाकारी खाना हो । यसको दोस्रो नाम हूयमन मेड मिट हो । यसलाई भटमासबाट बनाइएको हुन्छ ।

त्यस्तै अर्को परिकार इंजोगोगिबाब हो । यसलाई इंजोगोगी या वेज मीटबाट बनाइन्छ । यसलाई चामल या माछाको साथमा खाइन्छ । यो खानामा क्यालोरी एकदमै कम तर प्रोटिन र फाइबर भने प्रशस्त मात्रामा पाइने विश्वास गरिन्छ ।

अर्को परिकार छ डुबुबाब । यसमा टोफू या सोयाबिन दुधको एउटा पातलो सतह हुन्छ । साथै चामलको पिठोको पातलो सतह पनि मिलाइएको हुन्छ । उत्तर कोरियाली नागरिकको लागि यो एकप्रकारको सस्तो खाद्य परिकार हो ।

साथै त्यहाँ एकप्रकारको बिस्किट पाइन्छ जुन एकदमै स्वादिष्ट हुन्छ । यसको बाहिरी भाग एकदमै नरम तर भित्रि भाग भने गिलो हुन्छ । यसलाई आटा र चिनिबाट बनाइन्छ । कहिले काहिँ यसमा अंगूरको पनि प्रयोग गरिन्छ ।

त्यहाँ एकप्रकारको परिकार पाइन्छ जसलाई धेरै किसिमका सब्जीहरु मिलाएर बनाइन्छ । साथै यसमा सुँगुरको रगत पनि मिसाइन्छ ।

कुंगसुन्गा नामको परिकार हेर्दा मकैको फूलजस्तो देखिन्छ तर यसलाई वास्तवम भट्मासको दानासँग चिनि मिसाएर बनाइएको हुन्छ । उत्तर कोरियामा यसलाई धेरैले मनपराउँछन् ।

अलसाटोंग उत्तर कोरियाको विशेष पर्वमा बनाइने परिकार हो । यसलाई बनाउन चिनि र चुकको प्रयोग गरिन्छ । यसलाई विशेषगरी किम सुंग इलको जयन्तीको अवसरमा बनाइन्छ ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.