Govinda KC’s lawyer says Chief Justice Parajuli threatened to kill him
2018-01-31
Here’s What Salman Khan Doing in Nepal
2018-01-31

गणतन्त्र दिवसको अवसरमा छुटेका लुटेरा फेरि लुटपाटमा

काठमाडौं, माघ १७ गएको बुधबार भक्तपुरको सूर्यविनायकमा एक घरमा लुटपाट गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सूर्यविनायक ८ गणेशचोकमा डेरामा बस्ने रामबहादुर तामाङको कोठाबाट मोटरसाइकलसहित १६ लाख रुपैयाँ बराबरको धनमाल चोर्ने ४  जनालाई पक्राउ गरिएको र अझै ३ जना फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रामेछापका भोजबहादुर थापा र रत्नबहादुर तामाङ तथा काभ्रेका अमृत तामाङ र सानुकान्छा ब्लोनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भोजबहादुर र रत्नबहादुर तामाङ यसअघि पनि चोरी मुद्दामा जेल परेको तर २०७४ सालको गणतन्त्र दिवसको अवसरमा माफी पाएर जेलबाट  छुटेका थिए । जेलबाट छुटेर पनि उनीहरुको बानी नसुध्रिएको र फेरि डाँका तथा लुटपाटमा लागको भक्तपुर प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रामेछापको दोरम्बाका टोकल भनिने रोहितबहादुर थापा, सिन्धुपाल्चोकका वाईवा भनिने दीर्घबहादुर तामाङ र विनोद तामाङ फरार रहेको र उनीहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

लुटेराले यसरी बनाएका थिए घर लुट्ने योजना

उनीहरु ७ जनाले १० गते बेलुकी सूर्यविनायक ८ गणेशचोक नजिकै बसेर  मनोहर बस्नेतको घरमा डेरा गरि बस्ने रामबहादुर तामाङको घर लुट्ने योजना बनाएका थिए ।

उनीहरु चिसो मौसममा ९ बजेसम्म पनि लुटपाट गर्ने कोठाको निगरानी गरेर बाहिरै बसेका थिए । सबै सुतेको एकिन गरेपछि ७ जनाको टोली गणेशचोबाट अन्तै लागेका थिए ।

त्यसपछि राति २ बजे फर्केर आएका उनीहरुले रामबहादुरको कोठामा पसेर सबैलाई खुकुरी र पेस्तोल देखाएर लुटपाट सुरु गरेका थिए ।

उनीहरुले गहना, मोवाइल र बा ८५ प ७८ ५० नम्बरको मोटरसाइकल चोरेर त्यहाँबाट भागेका थिए । उनीहरुले बौद्धमा पुगेर लुटेको सम्पत्ति भाग लगाएका थिए ।

उनीहरुले गरगहना भने अर्को दिन सानुकान्छालाई जिम्मा लगाएर २ लाख ९० हजार रुपैयाँ लिएको स्वीकारेका प्रहरीले जनाएको छ । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.