वाम एकता राजनीतिक आवश्यकता हो, बाध्यता होइन : भण्डारी
2018-01-13
​नेत्रहिन विश्वकप क्रिकेट :श्रीलङ्काले दियो नेपाललाई ४ सय ९५ रनको विशाल लक्ष्य
2018-01-13

गौरी मल्लको गीतमा दिव्य र नम्रताको रोमान्स (भिडियोसहित)

काठमाडौं, २९ पुस । नेपाली चलचित्रकी चर्चित अभिनेत्री गौरी मल्ल अब गायिका बनेकी छिन् । ‘जीवन साथी’ बोलको गीतमा गौरीले पहिलो पटक आफ्नो स्वर भरेकी हुन् ।

गायक प्रमोद खरेल र उनले गीतमा स्वर दिएकी हुन् । पूजा मारियाको शब्द रहेको गीतमा राम सिटौलाको संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोमा दिव्य दाहाल र नायिका तथा मोडल नम्रता सापकोटा फिचर छन् । रोजल थापा निर्देशित भिडियोलाई आकर्षक बनाइएको छ ।

विरेन्द्र भट्टले क्यामेरा चलाएको भिडियोका कोरियोग्राफर रोहित बस्नेत हुन् । भिडियोका सम्पादक श्याम कुँवर हुन् ।

[embedded content]

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.