ओजिल आर्सनलको इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाडी
2018-01-31
१५ वर्षअघि र अहिलेको काठमाडौं (भिडियो कथा)
2018-01-31

चिनियाँ राजदूत नेपालका तराई जिल्लाहरुमा राहत वितरण गर्न जनकपुर पुगिन्

जनकपुर । चिनियाँ राजदूत यु होङ नेपालका लागि जनकपुर पुगेकी छन् । चिनियाँ राजदूत मधेसका जिल्लाहरुको भ्रमणमा निस्किएकी हुन् ।

राजदूत होङले धनुषाधाम नगरपालिका( ३ र ४ मा गतबर्ष बाढीका कारण क्षति पुगेका स्थानहरुमा पुगेका १ सय ३० बाढी पीडित परिवारलाई राहत वितरण गरेकी छन् । जनकपुर उपमहानगरपालिकाका साथै जिल्लाका विभिन्न स्थानमा पुगेर ३ हजार ४ सय घरधरी बाढी पीडितलाई राहत वितरण गरिने यूएनडीपीका सञ्चार अधिकृत कोमल भट्टले जानकारी दिएका छन् ।

चीन सरकारको सहयोगमा लोहरपट्टी नगरपालिकामा २ सय ९० घरपरिवारलाई गौर खाध्य सामग्री राहत बितरण गरिने कार्यक्रम छ ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.