तथ्यांकमा भूकम्पपछिको पुनर्निर्माण
2018-01-14
संखुवासभा जीप दुर्घटना : मृत्यु हुनेको सनाखत भयो (अपडेट)
2018-01-14

चिसो पीडितको राहत सामग्री राजनीतिक आस्थाका भरमा वितरण गरियो

  • अमर काफ्ले

सुनसरी। जाडोलाई लक्षित गरी उपलब्ध गराइएका सरकारी राहत प्रभावकारी नभएको गुनासो बढेपछि सुनसरी प्रशासनले सर्वपक्षीय बैठक बोलाएर सरोकारवालाहरुलाई सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले विपद् व्यवस्थापन समितिको बैठक बोलाएर लगत विवरणसहित वितरण गरिएका सामग्रीकाबारेमा जानकारी गराउन स्थानीय तहलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले राहत वितरण प्रभावकारी नभएको गुनासो बढेकाले स्थानीय तहमा उपलब्ध गराइएको राहत सामग्री वितरणको लगत प्रशासनमा बुझाउन आग्रह गुर्न भएको हो । प्रजिअ पराजुलीले राहत सामग्री राजनीतिक आस्थाका भरमा वितरण गरिएको र थन्काएर राखिएको भन्ने जानकारी प्राप्त भएको भन्दै पीडितहरुको पहिचान गरी प्राथमिकताका आधारमा तत्काल वितरण गर्न सम्वन्धित निकायलाई निर्देशन समेत दिनुभयो ।

बैठकमा सहभागी स्थानीय जनप्रतिनिधिहरुले राहत वितरणका लागि उपलब्ध सामग्री अपुग भएकाले वितरणमा समस्या उत्पन्न भएको जानकारी गराएका थिए । थप राहत माग गरेका स्थानीय तहलाई प्रशासनले उपलब्ध राहतको पारदर्शिता बेगर अन्य सहयोग नदिने स्पष्ट पारेको छ । सुनसरी प्रशासनले दातृ निकाय र संघसंस्थालाई समेत समन्वय गरी राहत वितरणको कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको छ । बैठकमा सुनसरीका १२ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.