महदेवाबाट किन रित्तै फर्कियो मतपेटिका ?
2017-12-08
अब चार महिनाभित्रै उपत्यकामा पानी : मेलम्ची पानी ल्याउने योजना अन्तिम चरणमा
2017-12-08

जसले श्रीमतीलाई नै दिएनन् भोट

प्युठान । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह केही दिनअघि निर्वाचन प्रचार प्रसारका लागि गृह जिल्ला प्युठान पुगे ।

उनका श्रीमती तथा राष्ट्रिय जनमोर्चा (राजमो) उपाध्यक्ष दुर्गा पौडेल प्युठानबाट प्रतिनिधिसभा उम्मेदवार छिन् ।

तर, सिंहले श्रीमती पौडेललाई मतदान भने गरेनन् । आजको नयाँ पत्रिकामा खबर छ ।

सिंह प्रचार सकेर १८ मंसिरमा नै काठमाडौं फर्किए । मतदानका लागि प्युठान गएनन् ।

राजमो नेकपा मसालको खुला मोर्चा हो । ०५१ सालदेखि राजमोले निर्वाचनमा भाग लिन थालेको हो ।

Advertisements

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.