192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
नेविसंघमा विवाद :अध्यक्षलाई स्पष्टिकरण सोधिए पछि …
2018-01-13
विमानस्थलमा रहेको श्रमको छाप लगाउने डेक्समा कर्मचारी हुदैनन्
2018-01-13

'जाजरकोटमा देखिएको रोग नियन्त्रणमा'

विगत केही साताभित्र विभिन्न रोगका कारण १३ जनाको मृत्यु भएको खबरपछि जाजरकोट पुगेका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले रोग नियन्त्रणको प्रयासलाई तीव्र पारिएको बताएका छन्।

परीक्षणबाट कडा खालको रुघा नदेखिएको बताइएको छ ।

हाल जुनीचाँदे गाँउपालिकामा चिकित्सकहरु सहितको ६ वटा स्वास्थ्य टोली परिचालन गरिएको बताइएको छ।

स्थानीय जनप्रतिनिधिहरुले उपचारसँगै न्यानो लुगा र कम्बलको आवश्यकता रहेको बताएका छन्।

विगतमा पनि विभिन्न संक्रमण र त्यसले महामारीको रुप लिएर ज्यान गुमाउने एउटा नियति जस्तै बनेको जाजरकोट जिल्लाका विकट क्षेत्रमा पुसको पहिलो सातादेखि रुघा खोकी र ज्वरोका बिरामीहरु देखिएका थिए।

पुसको दोस्रो साता नलाग्दै जुनीचाँदे गाँउपालिकामा प्रकोपकै रुपमा देखिएको थियो। कडाखालको रुघाखोकी भएमा त्यसले महामारीको रुप लिने हो भन्ने आशंकाहरु व्यक्त भएका थिए। तर पाँचवटा नमुना परिक्षण गर्दा कडाखालको रुघा नपाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शिविर

तर बिरामीहरुको संख्या धेरै देखिएकाले उपचारको व्यवस्थालाई गाँउ-गाँउसम्म पुर्‍याइएको जाजरकोट पुगेर फर्किएकी स्वास्थ्य सचिव पुष्पा चौधरीले बताइन्।

उनले भनिन्, “चिकित्सकसहित स्वास्थ्यकर्मीहरु परिचालन गरिएका छन्। स्वास्थ्य शिविर पनि संचालन गरिएको छ। स्वास्थ्य निकायहरुले आफ्नो सक्रियता बढाएका छन्, महामारी फैलिने सम्भावना त्यति देखिएको छैन। आत्तिनुपर्ने अवस्था छैन्। “

जुनीचाँदे गाँउपालिकामा करिब एक महिनाको अवधिमा १३ जनाको ज्यान गएको तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालयमा छ।

तर तीमध्ये धेरैजसो चिसोले हुने अन्य रोगका कारणले मृत्यु भएको चिकित्सकहरुको भनाइ छ। मृत्यु हुनेमा अधिकांश वृद्ध र बालबालिका रहेका छन्।

गाँउमा देखिएका बिरामीहरुसम्म उपचारको प्रबन्ध पुर्‍याइएको र बिरामीहरुको संख्या घट्दै गएको जनस्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए।

उनले भने “१८ सय भन्दा बढीको उपचार गरेका छौं । बिरामीको संख्या घट्दै गएको छ। ‍औषधिको अभाव छैन। सुवानाउली स्वास्थ्य चौकीमा थप औषधि पनि जम्मा पारेर राखेका छौं। “

अत्याधिक चिसो रहेको र न्यानो लुगाको अभाव रहेकाले अझै बिरामीहरुको संख्या बढ्ने हो कि भन्ने चिन्ता जनप्रतिनिधिहरुको छ।

‘अभाव’

जुनीचाँदे गाँउपालिका उपाध्यक्ष शिवा आचार्य बस्नेतले भनिन्, “उपचार भइरहेको छ । सन्तुष्ट त छौं तर एकदमै चिसो छ । दलित र गरीबको संख्या धेरै छ । न्यानो लुगाको अभाव छ, उहाँहरुलाई न्यानो कपडा र ब्लाङ्केटजस्ता न्याना सामाग्री उपलब्ध भएको भए राम्रो हुन्थ्यो।”

हाल देखिएको रोग पूर्णरुपमा नियन्त्रणमा नआएसम्म चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोली प्रभावित क्षेत्रमा राखिने बताइएको छ।

हाल जनचेतना फैलाउने काम पनि सँगै भइरहेकाले एक सातामा नियन्त्रणमा आउन सक्ने प्रभावित क्षेत्रको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. पवन शाक्यले जनाएका छन्।

Source: BBC ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful