सुख्खा पहिरोले अवरुद्ध भएको बुटवल पाल्पा सडक खुल्यो
2018-01-13
यस्तो गाउँ जहाँ सोलारले पानी उपलब्ध गरायो
2018-01-13

जाजरकोटमा भाइरलका कारण १४ जनाको मृत्यु , अनुगमन टोलि भन्छ सामान्य

जाजरकोट। तीन साता देखि जाजरकोटमा फैलिएको भाईरलका कारण १४ जनाको मृत्यु भइसकेको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य सचिव सहितको टोलीले शनिबार मजकोट पुगेर स्थलगत अवलोकन गरेको समेत गरेको छ । नेपाली सेनाको हेलिकोप्टरबाट प्रभावित जुनीचाँदेको मजकोटमा पुगेर टोलीले प्रकोपको अवस्था र उपचारको व्यवस्था बारे निरीक्षण गरेको हो । टोलीले स्थानीय नागरिक, विरामी र उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीसँग अन्तरक्रिया गरेर फर्किएको थियो ।

टोलीमा पुर्वमन्त्री तथा जाजरकोटका प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, जाजरकोट प्रदेशसभा ‘ख’ का सांसद करवीर शाही, स्वास्थ्य सचिव डा पुष्पा चौधरी, स्वास्थ्य विभागका महानिर्देशक डा।राजेन्द्र पन्त लगायतको टोलीले स्थलगत निरीक्षण गरेको हो । एकजना मेडिकल अधिकृत र केही स्वास्थ्यकर्मीका साथै केही औषधी समेत प्रभावित क्षेत्रमा छोडेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो ।

स्वास्थ्य विभागका महानिर्देशक डा।राजेन्द्र पन्तले गरीवी र पछ्यौटेपनाले गर्दा जाजरकोटवासीको रोगप्रतिरक्षा शक्ति कमजोर रहेकोले पटक–पटक सरुवा रोगले प्रकोपको रुप लिने गरेको तर यस पटक समयमै उपचारको व्यवस्था गरिएकाले रोग नियन्त्रण बाहिर जान नपाएको वताउनुभयो ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.