सहमति गरेर प्रधानमन्त्रीको टुंगो लगाए पद छोड्न तयार छु :- देउवा
2018-01-14
माघेसक्रान्तिमा के खाने के नखाने ? बैज्ञानिकहरुको भनाई यस्तो छ (पुरा पढ्नसहोस्)
2018-01-14

जीप दुर्घटना, गाउँपालिका अध्यक्षसहित ५ को मृत्यु

प्रतिकात्मक तस्बिर

काठमाडौं, ३० पुस । संखुवासभाको मकालु गाउँपालिका–२ हेदङ्नामा आइतबार जीप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्षसहित पाँचजनाको मृत्यु भएको छ ।

सदरमुकाम खाँदबारीबाट भोटखोलाको वरुण मेला भर्न जाने क्रममा बा ५ च १३०९ नम्बरको जीप सडकबाट करिब ७ सय मिटर तल अरुण नदीमा खसेको हो ।

दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुवासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका सुरेश राईसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

दुर्घटनामा परेका अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको छ । जीपमा १२ जना भन्दा धेरै यात्रु सवार थिए । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.