राजनीतिका खेलाडीले क्रिकेटको नियम नबुझ्दा
2018-01-20
२३ माघअघि सबै प्रदेश सभाको अधिवेशन, ३ फागुनभित्र मुख्यमन्त्री
2018-01-20

टाटा सुमोको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं, माघ ६ – फर्पिङमा टाटा सुमोको ठक्करबाट स्कुटरमा सवार एकजनाको ज्यान गएको छ ।

शुक्रबार राति दक्षिणकाली नगरपालिका बज्रङमा ना १ ज ३३७५ नम्बरको टाटा सुमोले बा ५७ प ३३७८ स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेकी स्थानीय २७ वर्षकी एलिसा भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते एलिसाको उपचारको क्रममा बल्खुमा रहेको वयोधा अस्पतालमा राति ज्यान गएको हो । मोटरसाइकल चालक २५ वर्षका विक्रम भण्डारीको भने उपचार भैरहेको छ । ठक्कर दिने सुमो चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.