मदन आश्रित निधनको २५ वर्ष पूरा, ‘रहस्यमय घटना’को छानबिन भएन
2018-05-17
मदन आश्रीत निधन : कांग्रेस प्रवक्ता शर्मा सोध्छन् ‘रेशमी पर्दा पछाडि लुकेका’लाई सार्वजनिक नगर्ने ?
2018-05-17

ट्रक पल्टिँदा एक जनाको मृत्यु, चार घाइते

धादिङ, जेठ ३ –  मलेखु धादिङबेसीमा पर्ने नीलकण्ठ नगरपालिका वडा नम्बर ८ च्याडुमोडमा बुधबार राति ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

मलेखुबाट धादिङबेसीतर्फ जाँदै गरेको बा ३ ख ६१४३ नम्बरको ट्रक सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का गोकुल उपाध्यायको उपचारको लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको छ ।

अन्य चार जना घइतेमध्ये २ जनाको काठमाडौंको ट्रमा सेन्टरमा र २ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *