आजका पत्रपत्रिकामा छापिएको कार्टुन
2018-01-13
विकास बजेटको १३ प्रतिशत मात्रै खर्च
2018-01-13

डा. गोविन्द केसीले आज अनशन तोड्दै

काठमाडौं, पुस २९ – सरकारसँग पाँच बुँदे सहमति भएपछि डा. गोविन्द केसीले शनिबार अनशन तोड्दै हुनुहुन्छ । गएको सोमबारदेखि अनशन बसेका डा. केसीले छैठौं दिनमा अनशन तोड्न लाग्नुभएको हो । बिहान १० बजे अनशन तोड्ने कार्यक्रम छ ।

शुक्रबार बेलुका शिक्षा मन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति एक हप्ताभित्र गठन गर्ने, चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने, आइओएमको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अगाडि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिविका कुलपतिले जटिसक्दो छिटो कदम चाल्ने लगायत पाँच बुँदे सहमति भएपछि डा. केसी अनशन तोड्न सहमत हुनुभएको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनशन थालेका डा. केसीले सरकारसँग गरेको सहमतिपत्रमा त्यसविषयमा भने केही उल्लेख गरिएको छैन । उहाँका समर्थकले यो माग कायमै रहेको बताएका छन् । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.