छ दिन देखि बेपत्ता भएका जोन तामाङ सकुशल भेटिए, बी एण्ड बी अस्पतालमा उपचार हुँदै
2018-01-31
पुरुषले महिलाको घुरेर हेर्ने यी नौ कुराहरुः
2018-01-31

डेञ्जर जोनमा एमालेका शेरधन र अष्टलक्ष्मी

काठमाडौं । एमालेको प्रदेश नम्बर १, ३ र ४ का मुख्यमन्त्रीहरु उम्मदेवारी शीर्षतहैबाट सहमतिमा टुंग्याउन नेतृत्वमाथि दबाव परेको हो। केही पोलिटब्यूरो सदस्यले चुनाव गराउँदा पार्टीमा सन्तुलन बिग्रने भन्दै  नेताहरुलाई माथिबाटै सहमति गर्न दबाव दिएका छन्।

चुनाव भए प्रदेश १ का शेरधन राई र प्रदेश ३ की अष्टलक्ष्मी शाक्य दुबै जना डेञ्जर जोनमा पर्न सक्ने देखिएको छ । प्रदेश ४ मा पनि पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ दुबैको स्थिति स्पष्ट छैन । एमालेले आन्तरिक चुनावबाट मुख्यमन्त्रीको उम्मदेवार छान्ने निचोड निकाले पनि कतिपय नेताले चुनावको साटो सहमति जुटाउन नेतृत्वलाई आग्रह गरेका छन् । मंगलबार स्थायी कमिटी बैठकमै पार्टी उपाध्यक्ष तथा ३ नम्बर प्रदेशबाट मुख्यमन्त्री दाबेदार अष्टलक्ष्मी शाक्यका साथै प्रदेश ४ को मुख्यमन्त्री दाबेदार किरण गुरुङलगायतले माथिबाटै मिलाउनु पार्टीको हितमा हुने बताएका थिए ।

अहिले प्रदेशसभा सांसदहरुलाई गुटमा विभाजित हुने वातावरण सिर्जना नगर्न शाक्यले आग्रह गरेकी थिइन् । तर, उपाध्यक्ष शाक्यको प्रस्तावमा झलनाथ खनाल, माधव नेपाललगायतका नेताले सकारात्मक नभएपछि बैठकले सकेसम्म सहमतिमा नेता चुन्ने र सहमति नभए निर्वाचन गराउने निर्णय लिएको हो ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.