192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
Hong Kong bans ivory trade in 'historic' vote
2018-01-31
नेता नेपाल इरान प्रस्थान
2018-01-31

तीन दिनभित्र शिक्षक नेगीलाई हाजिर गराउन आदेश

भीमदत्तनगर : उच्च अदालत, दीपायलको महेन्द्रनगर इजलाशले कञ्चनपुरको भीमदत्तनगरपालिका–१ बाराकुण्डास्थित प्रगति युवा आधारभूत विद्यालयका शिक्षक कर्णबहादुर नेगीलाई तीन दिनभित्र विद्यालयमा हाजिर गराई पठन÷पाठन गराउन दिन आदेश जारी गरेको छ ।

अपहेलना मुद्दामा महेन्द्रनगर इजलाशका न्यायाधीयद्वय डिल्लीराज आचार्य र दिनेशप्रसाद यादवको गत सोमबारको संयुक्त इजलासले शिक्षक नेगीलाई विद्यालयमा हाजिर गराउनाका साथै ७५ दिनको बिदा स्वीकृत गर्न विद्यालय अध्यक्ष र निमित्त प्रधानाध्यापकलाई आदेश दिएको हो ।

“पचहत्तर दिन बिरामी बिदा स्वीकृत गरी बाँकीका हकमा प्रचलित सेवा शर्तसम्बन्धी ऐन, नियमबमोजिम गर्ने” अदालतको आदेशमा उल्लेख छ ।

इजलाशले एक वर्षअघि शिक्षक कर्णबहादुर नेगीलाई बिदा स्वीकृत गरी तलब भत्ता दिन र हाजिरी गराउन दिएको परमादेश नमानेपछि शिक्षक नेगीले गत वर्ष जेठमा अध्यक्ष कटक कुँवर र निमित्त प्रधानाध्यापक गणेशप्रसाद पाण्डेयविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गरेका थिए ।

अदालतबाट जारी भएको उल्लिखित आदेशअनुसार निवेदकलाई अनावश्यक हैरानी (दुःख) दिने र साधिकार न्यायापालिकाको अन्तिम आदेश (परमादेश) को अवज्ञा गरी परोक्षरुपमा न्यायिक प्रभावकारितामा आँच पु¥याउने कार्य गरी अदालतको अवहेलना गरेको देखिन आएको फैसलामा उल्लेख गरिएको छ ।

“विपक्षीहरुलाई न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम अवहेलनाजन्य कसूरको गाम्भीर्यता र परिस्थितिअनुसार तजबिजी जनही रु एक हजार जरिवाना सजाय समेत हुने ठहर्छ,” आदेशमा भनिएको छ ।

विसं २०७१ मंसिरमा हाजिर भएका शिक्षक नेगीले २०७२ पुस २९ गतेदेखि ७५ दिनको बिरामी बिदा मागेका थिए । विद्यालयका प्राधानाध्यापक पाण्डेयले अदालतको आदेश बमोजिम बुधबारदेखि नै शिक्षक नेगी विद्यालयमा हाजिर भइसकेको बताउनुभयो ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful