192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
नेपालमा पर्यटन प्रवर्द्धनका लागि स्पेनमा प्रचारप्रसार
2018-04-15
Donald Trump attacks James Comey's FBI memoir of 'lies'
2018-04-15

थाइल्याण्डमा नेपाली संस्कृति सिकाउन शिविर

काठमाडौं । थाईल्याण्डमा रहेका यूवा तथा विद्यार्थीका लागि लक्ष्य गरेर व्यक्तित्व विकास सम्वन्धि शिविर गरिएको छ। गत अप्रिल ७ देखि बैंककको छाइछ्याम्फेमा सुरु भएको साताव्यापी शिविर शनिबार सम्पन्न भएको हो। शिविरमा सहभागीहरुले नेपालको मौलिक संस्कृति,पारीवारिक मुल्य मान्यता, समाज,धर्म संस्कृति,योगअभ्यास लगायतका दर्जनौं विषयमा जानकारी लिनुका साथै व्यवहारिक अभ्यासहरु समेत गरेका थिए। थाई नेपाली संघको आयोजनामा बैंककमा भएको शिविरमा थाइल्याण्डका विभिन्न स्थानबाट बालबालिकाहरु सहभागि भएका थिए। ।

कहिल्यै घर नछाडेका बालबच्चाहरु गुरुकुल शैलीमा आवासीय शिविरमा सहभागी भएका थिए । नेपाली जनजीवन र संस्कृति झल्काउने गीत संगीतहरुको प्रस्तुति, गोरखालीको हतियारको रुपमा रहेको खुकुरी नाच,योगका विभिन्न अभ्यासहरु सिकाइएको थियो। शिविरमा नेपालबाट अतिथिको रुपमा सहभागी भएका डा. चिन्तामणी योगीले अभिभावक र बालबालिकाहरुलाई घरमा नेपाली भाषा प्रयोग गर्न सुझाएका थिए।

शिविरको अन्तिम दिन कार्यक्रममा सहभागिहरुलाई राजदूत खगनाथ अधिकारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

The post थाइल्याण्डमा नेपाली संस्कृति सिकाउन शिविर appeared first on News Portal of Global Nepali.

Source: Bretain Nepal
थाइल्याण्डमा नेपाली संस्कृति सिकाउन शिविर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful