बेपत्ता सुनचाँदी व्यवसायी बोलाभित्र मृत फेला
2018-03-12
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँगको कुराकानी
2018-03-12

दुर्घटनाग्रस्त विमानका चालक दल काेही पनि बाँचेनन्

काठमाडौं, २८ फागुन । त्रिभुवन विमानस्थलको धावनमार्गमा आज अपरान्त २ः २० मा युएस बंगला विमान दुर्घटना भयो । चालक दलका ४ जना सदस्य सहित ६७ यात्रु बोकेर उक्त विमान बंगलादेशको ढाकाबाट काठमाडौका लागि उडान भरेको थियो ।

दुर्घटनामा ४९ जनाको ज्यान गएको छ । चालक दलका सबै सदस्यहरुको ज्यान गएको नागरिक उड्डयन प्राधिकरणकले जनाएको छ।

चालक दलमा तीन बंगलादेशी नागरिक पृथुला रसिद, ख्वजा हुसेन र रकिबुल हुसेन र एक चिनियाँ नागरिक झ्याङ मिङ रहेका थिए । दुर्घटनामा २२ जना भने बाँच्न सफल भएका छन् । ती २२ जनाभित्र पर्न सकेनन् चालक दलका कोही पनि सदस्य ।

धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको उक्त विमानमा आगलागी भएको थियो । आगो २० मिनेटपछि नियन्त्रणमा लिइएको थियो । तर त्यो २० मिनेटमा धेरै मानवीय क्षति भइसकेको थियो ।

The post दुर्घटनाग्रस्त विमानका चालक दल काेही पनि बाँचेनन् appeared first on Sajha Post.

Comments are closed.