खोलामा ढल मिसाइने प्रवृतिको अन्त्य गर्न पानी प्रशोधन गरिने
2017-12-18
What Caused the Left Alliance's Landslide Victory in Nepal?
2017-12-18

दृष्टिविहीन विद्यार्थीका पुस्तकहरु छाप्नका लागि जापानले प्रिन्टर्स उपलब्ध गराउने

दृष्टिविहीन विद्यार्थीहरुले पढ्ने पुस्तकहरु छाप्नका लागि जापानले प्रिन्टर्स उपलब्ध गराउने भएको छ । नेपालमा दृष्टिविहीन विद्यार्थीहरुको लागि पढ्ने पुस्तकहरुको अभाव भइरहेको अबस्थामा जापानले ८४ लाख बराबरको प्रिन्टर्स र अन्य सन्दर्भसामग्रीहरु उपलब्ध गराउने भएको हो ।

बुधबार नेपाल दृष्टिविहीन कल्याण संघका अध्यक्ष कुमार थापा र नेपालका लागि जापानका राजदुत मासासी ओगावाबीच ब्रेल प्रिन्टर सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हरुताक्षर गर्दै जापानी राजदुत मासासी ओगावाले सहयोगबाट नेपालका दृष्टविहीन विद्याथीहरुको लागि सहयोगी बन्ने बताउनुभयो ।

कार्यक्रममा जापान स्थित त्सुकुबा विश्वविद्यालयका प्रोफेसर डा. कमल लामिछानेले यो सहयोगलाई भरपुर प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले अरुको सहयोगमा भन्दा पनि राज्यले नै जिम्मेवारीताका साथ दृष्टिविहीनहरुको शैक्षिक विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । सहयोगबाट नेपाली दृष्टिविहीन विद्यार्थीहरुले सजिलोसंग पढ्ने अवसर प्राप्त गर्ने विश्वास लिइएको छ ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.