निधारमा चोट लागेको अवस्थामा एक युवा मृत फेला
2018-01-31
Hong Kong bans ivory trade in 'historic' vote
2018-01-31

धनगढीमा रहने प्रदेश सातका सबै मन्त्रालयको भवन टुङ्गो लाग्यो

  • दीपक उपाध्याय,

कैलाली । प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढीमा प्रदेश मन्त्रालयका लागि भवनको टुङ्गो लागेको छ । भवन व्यवस्थापन समितिको बैठकले ७ वटै मन्त्रालयका भवनहरुको टुङगो लगाएको हो ।

भवन टुङ्गो संगै २१ गते बस्ने प्रदेशसभाको पहिलो बैठकका लागि प्रदेशसभा हलको तयारी पनि तीब्र गतिमा निर्माण भइरहेको छ ।

प्रदेश नम्बर ७ मा सातवटा मन्त्रालय बनाउने सरकारको निर्णय पश्चात भवनहरुको अनुगमनमा खटिएको भवन व्यवस्थापन समितिको टोलीले ७ वटै मन्त्रालयका लागि भवनको टुङगो लगाएको हो ।

मुख्यमन्त्री, सामाजिक बिकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार बिकास मन्त्रालय, भूमि ववस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गरी ७ वटा मन्त्रालय यस प्रदेशमा रहने छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढीको रातोपुलमा निर्माण भइरहेको यातायात कार्यालयको भवनमा रहनेछ, भने सामाजिक बिकास मन्त्रालय कैलाली उद्योग बाणिज्य संघको भवन नजिक निर्माण भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयको भवनमा रहनेछ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय जिल्ला कृषि बिकास कार्यालय कैलालीको भवनमा रहनेछ भने भौतिक पूर्वाधार बिकास मन्त्रालय क्षेत्रीय सिंचाई निर्देशनालय कैलालीको भवनमा रहनेछ ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय धनगढी तारानगरमा रहेको क्षेत्रीय पशु सेवा तालिम केन्द्रको भवनमा रहनेछ भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय क्षेत्रीय वन निर्देशनालयको भवनमा रहने छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालय आन्तरिक राजश्व कार्यालय कैलालीको आवासका लागि निर्माण भइरहेको भवनमा रहने छ ।

सम्बन्धित कार्यालयका कार्यालय प्रमुखले प्रयोग गरिरहेका आवासलाई रङरोगन गर्ने र सोही आवासहरुमा मन्त्रीहरु बस्ने शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालय कैलालीका प्रमुख तथा भवन व्यवस्थापन समितिका सदस्य सचिव रबीन्द्र बोहराले जानकारी दिनुभयो ।

प्रदेशसभाको पहिलो बैठक माघ २१ गते बस्ने भएपछि प्रदेशसभाहलको निर्माण कार्य पनि तीब्र गतिमा भइरहेको छ । प्रदेशसभाहलको डिजाइन १० गतेमात्रै आएकोले सभाहलको निर्माण कार्य तीब्र गतिमा र २० गते साँझसम्ममा तयार भइसक्ने भवन व्यवस्थापन समितिका सदस्य सचिव बोहराले बताउनुभयो ।

माघ २१ गते बस्ने पहिलो प्रदेशसभा बैठकले सभामुख र उपसभामुख चयन गर्ने छ भने फागुन ३ गते भित्रै मुख्यमन्त्रीको चयन हुने । मुख्य मन्त्री चयन भएको एक हप्ताभित्र मन्त्रिमण्डल गठन हुनेछ ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.