अध्यक्ष दाहाल शुक्रबारदेखि चुनावी अभियानमा
2017-11-23
Yemen war: Aid agencies await Saudi clearance to reach rebel ports
2017-11-23

निर्वाचनका लागि केन्द्रित सीमा समन्वय बैठक

आसन्न निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमावर्ती जिल्लाका स्थानीय सुरक्षा प्रमुखको जिल्लास्तरीय सीमा समन्वय बैठक आज भारतको लखिमपुर खिरी जिल्लाको पलियामा सम्पन्न भएको छ ।

नेपालमा दोस्रो चरणमा यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षामा केन्द्रित सो बैठकमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्वाचन हुनु अगाडि ७२ घन्टा कैलाली र कञ्चनपुर जिल्लासँग जोडिएको सीमा बन्द गर्ने समझदारी भएको बैठकमा सहभागी कैलालीका प्रजिअ गोविन्दप्रसाद रिजालले बताउनुभयो ।

बैठकमा निर्वाचनको समयमा सीमा क्षेत्रमा हुन सक्ने आपराधिक एवं अवाञ्छित गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायले संयुक्त पहल गर्ने विषयमा समझदारी भएको छ । दुवै पक्षबीच निर्वाचनलगत्तै अर्को बैठक बस्ने समझदारीसमेत बनेको छ ।

Advertisements

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.