पुर्खाले चलाएको मौसम अनुसार खाने परिकारलाई विज्ञानको पनि सम्मान
2018-01-14
दक्ष चिकित्सक अभावमा शल्याक्रिया शेवा बन्द
2018-01-14

नेता खनाललाई मातृशोक, काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वसांसद राजु खनाललाई मातृशोक परेको छ ।

दाङ घोराही निवासी पूर्वसांसद खनालका माता दुर्गादेवी खनालको गएराति ८१ वर्षको उमेरमा काठमाडौँको मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उहाँ मधुमेह र मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय खनालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

स्वर्गीय खनालको निधनमा नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ । स्वर्गीय खनालका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.