राजनीतिमा रहेको भ्रष्टाचारको अन्त्य नहुंँदासम्म मुलुक समृद्धिको बाटोमा जाँदैन : घनश्याम भुषाल
2018-01-14
परमाणु सम्झौताः रुहानीद्वारा अमेरिकाको हार इरानको दीर्घकालिन जीत ठहर
2018-01-14

नेपालीको रेल चढ्ने सपना पूरा हुदै

काठमाडौं । जनकपुर–जयनगरसम्मको ३५ किलोमिटर खण्डमा  रेल निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । जसले गर्दा नेपालीको रेल चढ्ने सपना पूरा हुन लागेको हो ।

प्रति घण्टा १०० किलोमिटर गतिमा गुड्ने रेल यसै वर्षभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट ६ किलोमिटर कुर्था भन्ने ठाउँसम्म रेल मार्गको लिक समेत निर्माण सम्पन्न भएको रेल विभागले जनाएको छ ।जयनगर–जनकपुर–कुर्थासम्मको ३५ किलोमिटर खण्डमा रेल गुडाउन आवश्यक पुर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । भारतमा रेल प्रतिघण्टा ५० किलोमिटरको दरमा गुड्ने गरेका छन् । नेपालमा भने प्रतिघण्टा १०० किलोमिटरको गतिमा रेल चल्ने संरचना तयार गरिएको छ ।

नेपालमा सञ्चालनमा ल्याउन लागिएको रेलले पहिलो चरणमा ६ वटासम्म डब्बा तान्न सक्छ । त्यसमा कम्तीमा पनि चार वटा इन्जिन राख्ने तयारी गरिएको छ । भारतसँगै रेलको इन्जिन सहयोग माग्ने वा नयाँ खरिद गर्ने दुवै विकल्पमा छलफल भइरहेको विभागले बताए  ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.