शहरीकरणले भक्तपुरको औद्योगिक क्षेत्र धरासायी बन्दै
2018-01-14
पछि हटेनन पराजुली,आफूसहितको इजलासमा तोके १९ मुद्दाको पेसी
2018-01-14

नेविसंघमा विवाद चर्कियो, एकअर्कालाई स्पष्टिकरण सोध्ने होड

काठमाडौं, पुस ३० – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ भित्रको विवाद चर्किएको छ । अध्यक्ष नयनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले समूहले एक अर्का समूहका सदस्यलाई स्पष्टिकरण सोधेपछि विवाद थप चर्किएको हो । 

संघको विधान विपरित काम गरेको भन्दै  महर पक्षले उपाध्यक्ष रामप्रसाद अधिकारी, सिटिइभिटीका अध्यक्ष कर्ण ओली लगायतलाई स्पष्टिकरण सोधेको २४ घण्टा नबित्दै महामन्त्री काफ्ले समूहले अध्यक्ष महरलाई नै अर्को स्पष्टिकरण सोधेको छ । 

नेविसंघका सहमहामन्त्री एवं अनुशासन समितिका संयोजक राजेश रौनियारले महर र अर्का सहमहामन्त्री अम्बिका चलाउनेलाई तीन दिनभित्र स्पष्किरण दिन पत्र काट्नु भएको छ । स्पष्टिकरणपत्रमा स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा चुनावमा महरले संगठनलाई क्रियाशिल नबनाएाक कारण पार्टीले हार व्यहोर्नु परेको आरोपसमेत लगाइएको छ । 

आर्थिक प्रलोभनमा परेर त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुर, सिटिइभिटी समन्वय समितिलगायतका निकायमा जिम्मेवारी तोकेको, आफू निकटलाई विधानमै व्यवस्था नभएको आमन्त्रित केन्द्रिय सदस्य बनाएको आरोप पनि महरमाथि लगाइएकोछ । 

यसअघि महर समूहले उपाध्यक्ष रामप्रसाद अधिकारीले संगठनमा छलफल नै नगरी आफू खुसी रुपमा काम गरेका भन्दै स्पष्टिकरण सोधेको थियो । तर अधिकारले संघको नियमावलीमा प्रदेशको उपाध्यक्ष नै प्रदेशको संयोजक हुने भएकाले आफूले संयोजकको हैसियतमा प्रदेशका अरु साथीहरुसँग छलफल गरेर कार्यक्रम गरेको दावी गर्नुभयो ।

अधिकारीले माघ ३ गते धादिङमा नेविसंघ प्रदेश नम्बर ३ को प्रशिक्षण कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । अध्यक्ष महरले आफूलाई पूर्वाग्रही तरिकाले स्पष्टिकरण सोधेको आरोप पनि अधिकारीले लगाउनुभयो । 

महामन्त्री कुन्दरराज काफ्लेले अध्यक्ष महरले गुटबन्दीलाई बढाएको र विधान विपरित गतिविधि गरेका कारण विवाद उत्पन्न भएको स्वीकार गर्नुभयो । ‘महरले सबैलाई नसमेट्नु नै विवादको मुख्य कारण हो’ काफ्लेले भन्नुभयो ‘आफू पनि काम नगर्ने र काम गर्न खोज्नेलाई पनि रोक्ने उद्देश्यले उहाँले संगठनलाई सिमित पार्न खोज्नुभयो ।’

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.