केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
2018-01-13
China tanker fire: Bodies found as Sanchi still burns
2018-01-13

पराजुली जो महाभ्रष्ट, अपराधी र माफिया हुन् : डा. केसी

काठमाडौं । सरकारसँग ५ बुँदे सम्झौता गरेसँगै त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीले आमरण अनसन तोडेका छन् । तर पनि उनले प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो पदबाट राजीनामा नदिए फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।

शनिबार अनसन तोडेपछि डा केसीले निश्पक्ष छानविनका लागि पराजुलीले राजीनामा दिनु पर्ने बताए । पराजुली, जो महाभ्रष्ट, अपराधी र माफिया हुन् । म त्यसको विरुद्ध लडेको हुँ र अहिले पनि लडिराख्छु’ उनले भनेका थिए ।

उनले अघि भने, जबसम्म प्रधानन्यायाधीश पदबाट हट्दैनन्, राजीनामा दिएर वा के गरेर होस्, त्यो छानविन निश्पक्ष हुन सक्दैन । निश्पक्ष नहुँदासम्म अदालतको मर्यादा गिर्छ । अदालतप्रति जुन विश्वास छ, त्यो रहँदैन ।’

अदालतको मर्यादा कायम राख्न पनि पराजुलीले राजीनामा दिनु पर्ने उनले बताए । डा। केसीले भने, दिँदैनन् भने म फेरि सत्याग्रहसहित आन्दोलन सुरु गर्छु ।’

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.