5.2-magnitude earthquake rocks Nepal
2017-12-07
रुकुम पूर्वमा माओवादीकी रोका विजयी
2017-12-07

प्रतिनिधिसभामा १ क्षेत्रको नतिजा सार्वजनिक : वाम गठबन्धन ३१ र कांग्रेस ३ क्षेत्रमा अगाडि

मंसिर २२ – प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मुस्ताङबाट एमालेले विजयी सुरुवात गरेको छ । अहिलेसम्म घोषित नतिजा अनुसार प्रतिनिधिसभामा एमालेले १ तथा प्रदेशसभामा एमालेले १ र कांग्रेसले एक सिट जितेका छन् ।

प्रतिनिधिसभामा मुस्ताङमा वाम गठबन्धनका उम्मेदवार एमालेका प्रेमप्रसाद तुलाचन विजयी हुनुभएको हो । उहाँले ३५४४ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रोमी गौचन थकालीले ३१८१ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभातर्फ एक क्षेत्र रहेको मुस्ताङमा कुल ९४२७ मतदाता रहेकोमा ६७७३ मत मात्र खसेको थियो ।

त्यस्तै प्रदेशसभा ‘क’ मा एमालेका इन्द्रधारा दाडु विष्ट विजयी हुनुभएको छ । उहाँले ११६७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मिक्युर गुरुङले ६५७ मत ल्याउनुभएको छ ।

देश संघीय संरचनामा गैसकेपछि भएको पहिलो प्रतिनिधिसभाको चुनावमा प्रेमप्रसाद तुलाचन पहिलो विजयी उम्मेदवार बन्नुभएको छ । उहाँले ३५४४ कत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व मन्त्री रोमी गौचन थकालीले ३१८१ मत प्राप्त गर्नुभएको छ ।

प्रेमप्रसाद तुलाचनको जन्म २०१८ सलाको माघमा मुस्ताङको लेतेमा भएको हो । गण्डकी स्कुल पोखराबाट एसएलसीसम्मको शिक्षा हासिल गरेका तुलाचनले पोखराकै पृथ्वीनारायण क्याम्पसबाट व्यावस्थापन संकायमा प्रविणता प्रमाणपत्र तहसम्मको शिक्षा पूरा गर्नुभएको छ ।

२०४७ सालमा नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका प्रेमप्रसाद तुलाचन अहिले नेकपा एमालेमा आवद्ध हुनुहुन्छ । २०४७ सालमा नेपाली कांग्रेसको साधारण सदस्य भएका तुलाचन २०४८ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति मुस्ताङको कोषाध्यक्ष हुनुभयो । २०५४ सालमा स्थानीय तहको निकायको चुनावबाट जिविस मुस्ताङको निर्विरोध सदस्य हुनुभएको थियो ।

२०७० सालको चुनावमा नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका तुलाचन १२ मतले पराजित हुनुभएको थियो । त्यसपछि कांग्रेसले उहाँलाई ५ वर्षको लागि पार्टीबाट निष्कासन गर्यो२ । २०७४ सालको साउनमा प्रेमप्रसाद तुलाचन एमालेमा प्रवेश गर्नुभएको हो ।

यस्तै गुण्डा नाइके भनेर चिनिएका राजिव गुरुङ (दिपक मनाङ्गे) प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ मनाङको प्रदेशसभा ‘ख’ मा विजयी हुनुभएको हो । उहाँ १४ सय १० मतका साथ निर्वाचित हुनुभएको हो । स्वतन्त्र उम्मेदवार मनाङेले कांग्रेसका कर्मा गुरुङलाई ३ सय ९० मतअन्तरले हराउनुभएको हो । यो क्षेत्रमा एमालेले उम्मेदवारी फिर्ता लिएर अप्रत्यक्ष रुपमा मनाङ्गेलाई सहयोग गरेको थियो ।

मनाङको प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका चिन्तबहादुर घले विजयी हुनुभएको छ । ९ सय ९८ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत ल्याउनुभयो। । १ सय २ मतान्तरले कांग्रेसका घलेले एमालेका गुरुङलाई चुनावी परिणाममा पछि पार्नुभएको हो ।

पहिलो चरणमा मंसिर १० गते चुनाव भएका सबै ३७ निर्वाचन क्षेत्र र दोस्रो चरणमा बिहीबार चुनाव भएको केही ठाउँमा मतगणना सुरु भएको हो । पहिलो चरणका ३७ निर्वाचन क्षेत्रमध्ये मुस्ताङको नतिजा आइसकेको छ भने ३६ क्षेत्रमा मतगणना भैरहेको छ ।

उज्यालोलाई प्राप्त ३५ निर्वाचन क्षेत्रको पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभामा एमालेको १७, माओवादी केन्द्रको १४, कांग्रेसको ३ र स्वतन्त्रको १ क्षेत्रमा अग्रता छ । एमालेले बझाङ, म्याग्दी, दार्चुला, सिन्धुपाल्चोक २, धादिङ १ र २, मुगु, खोटाङ, बैतडी, ताप्लेजुङ, डोल्पा, ओखलढुंगा, पाँचथर, मनाङ, बागलुङ १, दोलखा र नुवाकोट १ मा अग्रता लिइरहेको छ ।

यस्तै माओवादीले रुकुम पूर्व र पश्चिम, सिन्धुपाल्चोक १, लमजुङ, भोजपुर, गोरखा, बागलुङ २, जाजरकोट, रामेछाप, रोल्पा, सोलुखुम्बु र जुम्लामा अग्रता लिएको छ । रसुवा, बाजुरा र नुवाकोट २ मा कांग्रेसको अग्रता छ । हुम्लामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
प्रदेशसभामा पनि वाम गठबन्धका उम्मेदवारको अग्रता छ ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.