192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
करेन्ट लागेर एकको मृत्यु
2018-01-14
एक्स–रे मेसिन प्रयोगविहीन, बिरामीलाई समस्या
2018-01-14

प्रिमियर लिग फुटबलमा टोटनह्याम विजयी

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत हिजो शनिबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनलाई ४–० ले हराएको हो । पहिलो हाफमा एक गोल गरेको टोटनह्यामले दोस्रो हाफमा थप तीन गोल गरेर प्रभावशाली जित दर्ता गरेको हो ।
माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामको जितमा ह्यारी केनले दुई तथा सन हेङ–मिन र क्रिष्टियन एरिक्सनले एक एक गोल गरे । २६ औँ मिनेटमा सनले गोल गर्दै टोटनह्यामलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ४७ औँ मिनेटमा केनले व्यक्तिगत पहिलो गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर पारे ।
त्यसको १२ मिनेटपछि केनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनह्यामले ३–० को अग्रता लियो । ८१ औँ मिनेटमा एरिक्सनले गोल गरेपछि घरेलु टोली ४–० ले विजयी भयो । जितपछि पाँचौँ स्थानको टोटनह्यामको २३ खेलबाट ४४ अंक भएको छ । २७ अंकसहित एभर्टन नवौँ स्थानमा छ ।
एभर्टनसँगको खेलमा दुई गोल गरेका केन प्रिमियर लिगमा टोटनह्यामबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । यो सिजन प्रिमियर लिगमा २० गोल गरिसकेका केनले सबै प्रतियोगितामा गरेर टोटनह्यामबाट यो सिजन २८ खेलमा २८ गोल नै गरेका छन् । केनले एभर्टनसँगको खेलको ४७ औँ मिनेटमा गरेको गोल प्रिमियर लिगमा टोटनह्यामबाट गरेको ९७ औँ गोल थियो ।
त्यसको १२ मिनेटपछि उनले लिगमा ९८ औँ गोल गरे । ५९ औँ मिनेटमा गरेको गोलसँगै उनी प्रिमियर लिगमा सवार्धिक गोल गर्ने टोटनह्याम खेलाडीको रुपमा नाम लेखाउन सफल भए । यसअघि यो कीर्तिमान शेरिङ्घमको नाममा थियो ।

Source: Bretain Nepal ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful