192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
​थ्रीस्टार उदयपुर गोल्डकपको फाइनलमा
2018-05-16
Nepal’s Lamichhane added to ICC World XI
2018-05-16

फिल्म निर्माता वाग्लेसहित नक्कली नोट बनाउने ६ जना यसरी परे पक्राउ

काठमाडौं, जेठ २ – काठमाडौंबाट ठूलो परिणामको नक्कली नाेटसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ परेकामा प्रिन्टिङ प्रेस चलाउनेदेखि फिल्म निर्मातासम्म रहेका छन् । उनीहरुलाई दुई करोड साटी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, माधवराज वाग्लेले प्रकाश सुवेदी र विकेश नापित छन् । 

यसरी पक्राउ परे 

जेठ १ गते सुर्खेत घर भएका महेन्द्र बोगटी नयाँ बसपार्क नजिकै रहेको सुमधुर क्याफे तथा खाजाघरमा खाजा खान गएका थिए ।

उनले त्यहाँ खाजा खाएको बिल तिर्न नक्की नोट दिएको भन्दै खाजाघरका सञ्चालकले महानगरीय प्रहरी प्रभाग गोंगबुमा खबर गरे । तत्काल गोंगबु प्रभागबाट खटिएको प्रहरी टोलीले बोगटीलाई सोधपुछ तथा खानतलासी गर्यो । उनको साथबाट प्रहरीले एक लाख २० हजार बराबरको नक्कली नोट फेला पार्यो ।

बोगटीले दिएको सूचनाका आधारमा सिन्धुलीका सुजित तामाङ र साजन तामाङको ललितपुरको कोठामा खानतलासी गर्दा सात लाख ४३ हजार बराबरको नक्कली नोट फेला पर्यो । 

त्यसपछि चारढुङ्गेमा रहेको तेजेनजङ थापाको घरमा रहेको प्रिन्सेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठमा खानतलासी गर्दा १ हजार दरका नेपाली नक्कली नोट दुई करोड बाउन्न लाख बरामद भयो । लूट, लूट २ तथा रेशम फिलिलीका निर्मातासमेत रहेका वाग्लेले अाफूले  फिल्मकाे छायाँकंनका लागि नक्कली नाेट छापेकाे बताएका छन् । केही नाेटमा  फिल्म प्रयाेजनका लागि भनेर समेत लेखिएकाे छ .

बागबजारमा नवज्योति प्रिन्टिङ प्रेस चलाएर बस्ने धादिङका प्रकाश सुवेदीले भक्तपुरका विकेश नापितलाई नक्कली नोट छाप्न दिएको उनीहरुले प्रहरीलाई दिएको बयानमा खुलेको महानगरी प्रहरी अपराध महाशाखाका एसएसपी विश्वराज पोख्रेलले जानकारी दिनुभयो ।

बरामद भएका सबै नक्कली नोट नापितकै कारखानाबाट छापिने गरेको खुल्न गएको छ । नापितको कारखानाबाट नक्कली नोट छाप्न प्रयोग गरिएका ४ थान प्लेटसमेत बरामद गरिएको छ । 

यसरी जान्छ बजारमा नक्कली नोट

नक्कली नोट एकमुष्ट रुपमा बजारमा पठाउँदा पक्राउ पर्ने डरले नक्कली नोट बनाउने गिरोहले अलिअलि गरी बजारमा नोट पठाउँछ । उनीहरुले होटेलमा खाजाको बिल तिर्न नक्कली नोटको प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

त्यस्तै यौनकर्मीले पनि नक्कली नोट प्रयोग गर्दछन् । सक्कली नोटको बण्डलमा मिसाएर नक्कली नोट बजारमा पुग्ने गर्दछ । त्यस्तै लागुऔषध कारोबारीमाफर्त पनि नक्कली नोट बजारमा पुग्ने गरेको प्रहरीले जनाएको छ । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful