अमेरिकी प्रतिबन्धविरुद्ध इरान आक्रोशित
2018-01-13
सिधाकुरा जनतासँगः बर्दीमै कार्यालयमा तास खेल्छन् ट्राफिक प्रहरी, विमानस्थलमा छाप लगाउने कर्मचारी हुदैनन् देखि श्रम कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउसम्म
2018-01-13

फेरी श्रम कार्यालयका कर्मचारी २ लाख ३४ हजार घुससहित रंगेहातपक्राउ

बैदेशिक रोजगार विभाग अन्तरगतको श्रम कार्यालय ताहचलका कर्मचारीहरुले खुलेआम घुस लिएको हामी देखाउदै आएका छौँ ।

सेवाग्राहीलाई सजिलै हुने काममा अवरोध देखाएर कर्मचारीहरु पैसा असुल्ने गरेका छन् । शुक्रवार फेरी श्रम कार्यालय ताहाचलमा कार्यरत नायवसुब्बा खगेन्द्रसाद गौतम २ लाख ३४ हजारघुस सहित रंगेहात पक्राउ परेका छन् ।

सेवाग्राहीबाट २ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको बेला अख्तियारको टोलीले नायव सुब्बा खगेन्द्रप्रसाद गौतमलाई पक्राउ गरेको हो ।

कतार जाने युवाहरुसंग घुुस मागेपछि उनिहरुका उजुरीको आधारमा गौतम गोगंबुको एक एक रेस्टुरेन्टमा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ परेका नासु गौतमका अनुसार घुस लिएको २ लाख ३४ हजार रुपैयां कार्यालय प्रमुख सम्म सवै कार्मचारीलाई बाँडिन्छ ।
उनि आफ्नो भागमा १२ हजार मात्र पर्ने बताउँछन् । यस अघिश्रम कार्यालय ताहचलमा सिधा कुरा टिमले गरेको स्टिङ अपरेसनमा कम्युटर अपरेटर भाग्य नारायण झादलालहरुको सेटिङमा सेवाग्राहीसंग पैसा लिने गरेको प्रमाण हामीले भेटाएपछि उनले आफ्नो मोवाईल यसरी पालेका थिए ।

उनले पनि कार्यालयका सवै कर्मचारीहरुलाई भागपुग्ने भनि स्विकारेका थिए । यस्तै हामीले गरेको अर्काे स्टिङ अपरेसनमा श्रम कार्यालय ताहचलकै सुब्बाराजेन्द्र पौडेलले जापान जाने युवाहरुसं १६ हजार रुपैयाँ घुस लिएको देखायौ ।

उनले हाम्रो कार्यालयमै आएर घुस फिर्ता गर्दै श्रम कार्यालयका सवै कर्मचारीहरुले घुस लिने गरेको स्विकारेका थिए ।
अस्ती सल्लाह भयो अनिआज सँगै भनेर उहाँहरुले यहाँ आए पैसा दिनुभयो अझ के कति लाग्छ तँपाईहरुले बाँकी रहेको फिर्ता पाउनुहुन्छ । यो मैले बाँड्दा १०/१२हजार आउँथ्यो ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.