192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
म्यानपावरले भन्ने झुठा कुराबाट यसरी बच्न सकिन्छ
2018-06-14
Nepal Telecom to launch utility payment service
2018-06-14

बजेटले शिषर्कगत प्राथमिकता तथा आवश्यकतालाई समेट्न सकेन : सांसद अधिकारी

काठमाडाैं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थ मन्त्रालयका लागि विनियोजित विधेयकमाथि विहीबार प्रतिनिधिसभा बैठकमा छलफल भईरहेको छ । 

सत्ता पक्षकै सांसदले ती मन्त्रालय अन्तर्गत विनियोजित बजेटको आलोचना गरेका छन् ।

नेकपाका सांसद खगराज अधिकारीले अर्थमन्त्रीले बजेटले शिषर्कगत विनियोजन र प्राथमिकता तथा तात्कालीन आवश्यकतालाई समेट्न नसकेको टिप्पणी गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको विनियोजित बजेटले सरकारको नीतिलाई पच्छ्याउँदै ठोस कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्नुभयो । 

उहाँले कर्णालीलाई प्राथमिकता दिँदै गर्दा बजेटले बर्दिया राष्ट्रिय निकुञ्जलाई उपेक्षा गरेको अनुभुति भएको बताउनुभयो । नेपालगञ्ज विमानस्थल सुधारका लागि पनि उहाँले पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

यसअघि खर्च कटौतिको प्रस्ताव पेस गर्दै सांसद प्रमिला राईले दुई तिहाई बहुमतको आडमा सरकार संबैधानिक व्यवस्थालाई मिचेर अघि बढ्न लागेको भन्दै यसमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

त्यसैगरी सांसद प्रकाश रसाईली स्नेहीले बजारमा अस्वभाविक मूल्यवृद्धि भएको र कालोबजारी फस्टाउदै गएको भन्दै सरकार सम्मृद्धिको नभई मूल्यवृद्धिको भएको टिप्पणी गर्नुभयो । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful