Vote in Parliament follows years of political jockeying and debate
2017-12-07
लमजुङमा यसरी हुँदैछ मतगणना
2017-12-07

बझाङमा मत गणना सुरु, नतिजा नआउँदै परिणाम सुन्नेको घुँइचो 

डीबी विष्ट/उज्यालो

बझाङ, मंसिर २१ – बझाङमा मनगणनाको नतिजा आउनु अगावै मत परिणाम सुन्नेको घुईचो लागिसकेको छ । पहिलो चरणमा चुनाव भएको बझाङमा मत गणना शुरु हुनासाथ बाहिर परिणाम सुन्नेको भीड लागेको हो ।

जिल्ला पशु सेवा कार्यालयको नयाँ भवनमा मतगणना भैरहेको छ । मतगणना स्थलको सुरक्षा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीले गरिरहेका छन् ।

नेपाली सेनाले पनि मतदान स्थलको सुरक्षा गर्ने प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा दुई ठाउँमा मतगणना भैरहेको छ ।

बझाङमा ६६ हजार २ सय ७३ मत खसेको छ । प्रतिनिधि सभाका लागि ७ जना प्रतिस्पर्धी रहेको बझाङमा प्रदेश क को लागि ६ जना र ख को लागि ४ जना उम्मेदवार छन् ।

बझाङको प्रारम्भिक मत परिणाम १ घण्टा भित्रै सार्वजनिक गर्ने भएको छ । मत परिणाम प्रत्येक घण्टामा सार्वजनिक गर्न मतगणना स्थलमा लाउड स्पिकरको व्यवस्था गरिएको छ ।  

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.