जाउँ है गोरु जुधाई हेर्न नुवाकोट
2018-01-13
स्वयम्भू आगलागीमा रु ३० लाख क्षति
2018-01-13

बागमतीको अवस्था फेरि दयनीय, माछाहरु मर्न थाले

काठमाडौं, २९ पुस । मुहानदेखि नै बागमती सफा गरौं भन्ने नाराका साथ संचालन भैरहेको बागमती सफाई अभियानको २०५ औं श्रृंखला २०७४ पुस २९ गते सम्पन्न भएको छ । बागमती अभियानकै क्रममा गतबर्ष यहि मौसममा लुगा धुने र नुहाउनेहरुको भीड देखिने गुह्येश्वरी भन्दा माथिल्लो भेगको बागमती नदी यसबखत पुन एकपटक मलमुत्रले विकृत बनाएको छ ।

नदीमा खुल्ला रुपमा मिसाईएका ढलहरु र यत्रतत्र फालिएका फोहोरहरुले नदीलाई सफाई अभियानपूर्वको अवस्थातर्फ उन्मुख गराई रहेको अनुभूती जो कोहीले गर्नसक्छन् । पछिल्लो समय नदीमा माछाहरु देखिन थालिएका समाचार बाहिर आईरहेको बखत नदीका माछाहरु धमाधम मर्न थालेका छन् ।

गोकर्ण–सिनामंगल क्षेत्रको बागमतीमा सौन्दर्यीकरण परियोजना संचालन भैरहँदा नदी किनारको संरक्षण र नदी भित्र ढलको फोहोर खसाल्ने कार्यमा जनस्तरबाट निगरानी पुर्याउन नसक्नु र जिम्मेवार निकाय यसप्रति उदासिन हुनुको परिणतीका रुपमा बागमती नदी फेरि एकपटक फोहोर बनिरहेको छ । यसप्रति सम्बन्धित निकायको ध्यान तत्कालै पुग्नु जरुरी देखिन्छ ।

यसैबीच माथिल्लो भेगमा संचालन भैरहेको वाग्मती सफाई अभियानको २०५ हप्ताको कार्यक्रममा नदी र नदी किनारबाट फोहोर संकलन गर्ने कार्य सम्पन्न भएको छ । यसक्रममा नदी भित्र साना ठुला बग्रेल्ति मरेका माछाहरु फेला परेका थिए । नदीको पानीमा मलमुत्रको मात्रा बढ्न थालेको र अक्सिजनको मात्रमा कमी आएका कारण माछाहरु मरेको विज्ञहरुको धारणा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.