रुकुम पूर्वमा माओवादीकी रोका विजयी
2017-12-07
मुख्यमन्त्रीका दावेदार राई र पाण्डे फराकिलो अन्तरमा अगाडि
2017-12-07

बाबुरामले नारायणकाजीलाई फेरि पछाडि पारे

गोरखा, मंसिर २१ – सुरुवाती रुझानमा पछि पर्नुभएका गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका उम्मेदवार बाबुराम भट्टराई अगाडि लाग्नुभएको छ । उहाँले पछिल्लो नतिजा अनुसार २७४१ मत प्राप्त गर्नुभएको छ ।

माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले २३८० मत प्राप्त गर्नुभएको छ । बाबुराम भट्टराईलाई गोरखा २ मा नेपाली कांग्रेसले समर्थन गरेको छ ।

सर्वाधिक चर्चामा रहेको गोरखा २ मा भट्टराई र श्रेष्ठको बीचमा निकै नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.