192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
साउदी अरब : फुटबल खेले पुरुषले, रेकर्ड तोडे महिलाले
2018-01-13
चिसोले निम्त्याएको रुवाबासी
2018-01-13

बाम गठबन्धन तोड्न सरकारको आयु लम्ब्याइएको एमालेको आरोप

काठमाडौं । एमाले र माओवादी केन्द्रको पार्टी एकता प्रक्रियाले निरन्तरता पाउन थालेको छ । पार्टी एकता संयोजन समितिको बैठक पछि गठित कार्यदलले समेत प्रतिवेदन तयार पार्ने कामलाई तीब्रता दिएको छ ।

बाम गठबन्धन फुटाउने सपना नदेख्न एमालेका नेताहरुले चेतावनी समेत दिन थालेका छन् । एमालेका नेताहरुले बाम गठबन्धन फुटाउने षड्यन्त्र पूरा नहुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा एमालेका नेता सुवास नेम्वाङले जतिसुकै षडयन्त्रका वावजुत वाम गठवन्धन नतोडिने दावी गर्नुभएको छ ।

सरकारको आलोचनामा समय खर्चिनु भएका नेता नेम्वाङले बाम गठबन्धन तुहाउनकै लागि सरकारको आयु लम्ब्याइएको आरोप लगाउनुभयो ।

आफूहरु जनमतबाट नभाग्ने स्पष्ट पार्दै अबको सरकार बाम गठबन्धनकै हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । पार्टी एकता र सरकार गठन प्रक्रिया सँगसँगै अघि बढाउने नेता नेम्वाङको भनाई थियो ।

कार्यदलमा रहेका नेता नेम्वाङले राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनका विषयमा खाका तयार पार्न छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले सरकारलाई तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेर राजनीतिक संकटको अन्त्य गर्न सुझाव दिनुभयो ।

सरकारले राजनीतिक सहमतिका लागि भन्दै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलाई गर्दै आएको छ ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful