पटक पटकको विमान दुर्घटना किन पत्ता लाग्दैन कारण ?
2018-03-12
दुर्घटनाग्रस्त विमानका चालक दल काेही पनि बाँचेनन्
2018-03-12

बेपत्ता सुनचाँदी व्यवसायी बोलाभित्र मृत फेला

सांकेतिक तस्बिर

झापा, २८ फागुन । सुनचाँदी व्यवसायी संघ झापाका सदस्य साजन मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ।

फागुन २० गतेदेखि बेपत्ता मुखियाको शव बोराभित्र सड्न लागेको अवस्थामा इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने– अर्यालचोक सडकखण्डको जमुने डाँडा)मा सडकबाट करिब २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा शव भेटिएको हो।

पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा शव भेटिएको रोङ गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईले जानकारी दिए।

बिर्तामोडस्थित दावा ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक मुखिया फागुन २० गते बजार जाने भन्दै घरबाट निस्किएका थिए। (रासस)

The post बेपत्ता सुनचाँदी व्यवसायी बोलाभित्र मृत फेला appeared first on Sajha Post.

Comments are closed.